३० हजार ५६६ क्वारेन्टाइन तयारी अवस्थामा – प्रधानमन्त्री ओली « Khabarhub

३० हजार ५६६ क्वारेन्टाइन तयारी अवस्थामा – प्रधानमन्त्री ओली


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सम्भावित जोखिमलाई आकलन गर्दै ३० हजार ५६६ व्यक्तिलाई राख्न मिल्ने गरी क्वारेन्टाइन तयारी अवस्थामा राखिएको बताएका छन् ।

राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी साता अझ भयावह हुने जनाउ समेत दिए ।

यस्तै अवस्थालाई ध्यानमा राखेर सरकारले उक्त क्षमताका क्वारेन्टाइन बनाएको उनले बताएका छन् । ती क्वारेन्टाइनमा ९ हजार १ सय ६८ जनालाई राखेर निगरानी बढाइएको समेत प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

यस्तै ३ हजार २५९ क्षमताको आइसोलेसन बेड पनि तयार पारिएको उनले जानकारी दिएका छन् । ओलीका अनुसार ९५ जना आइसोलसनमा उपचारारत रहेका छन् ।

‘सरकार सकभर संक्रमण फैलन नदिन र फैलिनै हाले पनि त्यसलाई रोक्न तयारी अवस्थामा जुटेको छ,’ प्रधानमन्त्री ओलीले भने,’यसअवधिमा सातै प्रदेशबाट पीसीआर प्रविधिबाट परीक्षण सुरु गरिएको छ ।’

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ११ : ४६ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा