जतिसुकै असहज भएपनि लकडाउनलाई सहौं- प्रधानमन्त्री | Khabarhub Khabarhub

जतिसुकै असहज भएपनि लकडाउनलाई सहौं- प्रधानमन्त्री


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो चरणमा प्रवेश गरेकाले थप सजग हुनुपर्ने बताएका छन् ।

मंगलबार(आज) राष्ट्रका नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले कञ्चनपुरमा एक स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि दोस्रो चरणमा प्रवेश गरेको बताएका हुन् ।

विदेशबाट आएका नेपाली क्वारेन्टाइनमा बस्न नमानेपछि चिन्ता थप भएको प्रधानमन्त्रीले बताए ।

’विदेशबाट आएकाले क्वारेन्टाइनमा नबसेकाले थप चिन्ता थपिएको छ। तत्काल क्वारेन्टाइनमा जानुस् प्रधानमन्त्री ओलीले भने तपाईंका कारण परिवार, समुदाय र मुलुक नै जोखिममा पर्ने भएको छ ।

संक्रमणको जोखिमलाई ध्यानमा दिँदै र न्यूनीकरण गर्न सीमामा आएकालात्तई प्रवेश गर्न नदिइएको उनले बताए ।

भारतबाट आएर सीमानामा रहेका २ हजार १४७ नेपालीलाई भारत सरकारसँगको समन्वयमा सीमामा नै राखिएको उनले बताए ।

त्यस्तै नेपाल तर्फ ७ भन्दा बढी भारतीय नागरिकलाई व्यवस्थापन गरिएको उनको भनाइ थियो ।

कोरोना भाइर विरुद्ध लड्न विश्वका सम्पन्न र स्वास्थ्य सेवा राम्रो भएका देशलाई पनि सहज नरहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाल जस्तो देशले यसको व्यवस्थापन गर्नु कम चुनौतीपूर्ण नभएको बताए ।

उनले कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि सामाजिक दूरी कायम राख्नु नै सबैभन्दा महत्वपूर्ण कुरा भएको भन्दै थप गरिएको लकडाउनको पालन गर्न आह्वान गरे ।

यस महामारी विरुद्धको लडाइँमा सामाजिक दूरी सबैभन्दा महत्वर्पू र लकडाउन नै विकल्पक हो । जतिसुकै अफ्ट्यारो परे पनि यसलाई सहौं उनले भने ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ११ : ५० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का