कोरोना भाइरसको संक्रमणका कारण लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु « Khabarhub

कोरोना भाइरसको संक्रमणका कारण लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कायरो– कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु भएको छ ।

२६ मार्चमा कोरोना भाइरसको संक्रमण देखिएका लिबियाका पूर्व प्रधानमन्त्री मोहम्मद जिब्रिलको आइतबार मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमण देखिएपछि उनी इजिप्टको कायरोस्थित एक अस्पतालमा उपचाररत थिए । अस्पतालमा उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

उनी सन् २०११ मा लिबियाका शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाइएपछि बनेको अन्तरिम सरकारको प्रमुख थिए ।

सन् २०१२ मा उनले नेशनल फोर्सेस अलायन्स नामक राजनीतिक दलको स्थापना गरेका थिए ।

हृदयघातका कारण अस्पताल भर्ना भएको केही दिनपछि उनमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

लिबियामा बढ्दो हिंसाका बीच पछिल्लो केही समयदेखि जिब्रिल देश बाहिर बस्दै आएका थिए । लिबियामा भने हालसम्म १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ जनाको मृत्यु भइसकेको छ । १ जना भने उपचार पछि निको भएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १२ : ३८ बजे

पूर्वराष्ट्रपति डा. यादवले गरे मतदान 

धनुषाधाम– पूर्वराष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन् । प्रतिनिधिसभा

मध्यपूर्व युद्ध : तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ । इरान

अमरेशले मतदान गर्ने बुथमै भिडे कांग्रेस र रास्वपाका कार्यकर्ता

काठमाडौं– सर्लाहीको एउटा मतदान केन्द्रको मतदान स्थगित भएको छ। त्यहाँबाट

ओखलढुंगाका मानेभञ्ज्याङ ७ का मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– ओखलढुंगाको एक मतदान केन्द्रमा मतदान गर्ने सम्पूर्ण मतदाताले नै

मेचीनगरमा १०४ वर्षीय वृद्धाले गरिन् मतदान

झापा– प्रतिनिधिसभा सदस्य  निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक