लकडाउनको असर– ४ प्रतिशतमा सीमित भयो बैंकिङ कारोबार « Khabarhub

लकडाउनको असर– ४ प्रतिशतमा सीमित भयो बैंकिङ कारोबार


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको अवधिमा बैंकिङ कारोबार घटेको छ ।

चैत ११ गतेदेखि लकडाउन लागू भएसँगै सर्वसाधारणहरु बैंकसम्म पुग्न सकेका छैनन् । जसरकार अहिले बैंकिङ कारोबार ९६ प्रतिशतले कम भएको छ ।

लकडाउन भएपछि बैंकहरुमा हुने आर्थिक कारोबार ठप्प प्राय छ । सामान्य समयको तुलनामा लकडाउन जारी भएयता बैंकिङ क्षेत्रमा ४३ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबारमा ह्रास आएको नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष भुवन दाहालले बताए ।

उनले भने, ‘बैंकहरुले देशभर दैनिक ९ अर्बको कारोबार गर्दै आएकोमा लकडाउन भएयता दैनिक ३ अर्बको हाराहारीमा मात्रै कारोबारा हुँदै आएको छ ।’

सामान्य दिनको तुलनामा ९६ प्रतिशतले कारोबार घटेको अध्यक्ष दाहालको भनाइ छ ।

‘दिनको तुलनामा अहिले ३.३८ प्रतिशत मात्र कारोबार हुँदै आएको छ,’ दाहालले भने, ‘बैंकिङ क्षेत्रमा अहिले ९६.६२ प्रतिशतले कारोबार घटेको छ ।’

लकडाउनका कारण चेकबाट कारोबार गर्ने ग्राहकको संख्यामा पनि कमी आएको छ । अहिले प्रत्येक दिन १३ प्रतिशतको हाराहारीमा मात्रै चेकबाट कारोबार हुँदै आएको छ ।

सरकारले सेवाग्राहीहरुलाई बैंकमा नआउन आग्रह गरेपछि एटीएम र अनलाईन बैंकिडबाट हुने कारोबार भने बढेको छ । अहिले लकडाउनलाई लक्षित गर्दै इसेवा, कनेक्ट आईपीएस, र फोन पेजस्ता अनलाइन गेटवेमार्फत हुने कारोबार बढेको छ ।

यस्तै, अहिले अनलाइन बैंकिङ गर्दा लाग्ने शुल्क समेत मिनाहा गरिएको छ ।

त्यस्तै, केही बैंकहरुले अनलाईनबाटै निःशुल्क इन्टरनेट बैंकिड खाता खोल्दा उल्टै क्यास ब्याक दिने अफरहरू समेत घोषणा गरेका छन् । जसले गर्दा इन्टरनेट बैंकिड प्रयोग बढिरहेको छ भने चेकबाट हुने कारोबार घट्दै गइरहेको छ ।

इन्टरनेट तथा मोवाइल बैंकिङ प्रविधिको गुणस्तरमा समेत अभिबृद्धि भइरहेका कारण अहिले डिजिटल कारोबार बढेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टको भनाइ छ । ‘मोबाइल र इन्टरनेट बैंकिङ प्रविधिको गुणस्तर बढेको तथा लकडाउनका अवस्थामा घरबाट बाहिर निस्किन नपाइने कारणले पनि अहिले डिजिटल कारोबार बढेको छ,’ राष्ट्र बैंकका प्रवक्ता भट्टले भने ।

बैंकहरुले लकडाउनको समयमा निश्चित शाखाहरु खोलेर सेवा दिइरहेका छन् । कडाउनको समयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंकका निश्चित शाखाहरु खुल्ला रहने गरेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ४ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको