बेरोजगार बनेका आप्रवासी कामदारलाई स्वदेश फर्काउने ओमानको तयारी « Khabarhub

बेरोजगार बनेका आप्रवासी कामदारलाई स्वदेश फर्काउने ओमानको तयारी


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओमनले विदेशी कामदारहरुलाई आफ्नै देशमा फर्काउने प्रकिया सुरू गरेको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि अहिलेसम्म गरिएका प्रयास पर्याप्त नभएको ठहर गर्दै ओमानको परराष्ट्र मन्त्रालयले विदेशी कामदारलाई आफ्नै देश फर्किनका लागि सहज वातावरण बनाउने तयारी सुरू गरेको हो ।

मन्त्रालयले प्रवासी कामदारको कुनै पनि अधिकार हनन् नहुने गरी स्वदेश फर्काउनेतर्फ प्रयास सुरु गरिएको जनाएको छ ।

कोरोना भाइरसको संक्रमण फैलन थालेपछि सबै उडान बन्द गरेर  कर्फ्यू लगाएको ओमानले बेरोजगार बनेका विदेशी कामदारलाई उनीहरुकै देशमा फर्काउन सहजिकरण गर्ने जनाएको हो ।

तर त्यसका लागि के/के गरिन्छ भन्नेबारे केही पनि खुलाइएको छैन । ओमानमा अहिलेसम्म कोरोना भाइरसले २ जनाको मृत्यु भएको छ भने ३७१ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ७ : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको