अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा एक महिनाको अवधिमा १७ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण गरिएको जनाएका छन् ।
मार्च ५ देखि अप्रिल ५ सम्म एक महिनाको अवधिमा १७ लाख बढीको कोरोना परीक्षण गरिएको उनले जानकारी दिएका हुन् । जसमध्ये ३ लाख ६० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरस टास्क फोर्सको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने – ‘हामीकहाँ कोरोना भाइरसका बढी केसहरु देखिएका छन् । किनभने हामीले धेरैको टेस्ट गरेका छौं । यत्तिकै घरमा बसे कतिलाई संक्रमण भएको थाहा हुँदैन । हामीले विश्वका कुनै पनि देशको भन्दा बढीमा टेस्ट गरेका छौं ।’
अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।
प्रतिक्रिया