समस्यामा परेका कर्मचारी र कलाकारलाई मनोरञ्जनात्मक व्यावसायी संघले गर्‍यो साढे चार लाखको राहत सहयोग « Khabarhub

समस्यामा परेका कर्मचारी र कलाकारलाई मनोरञ्जनात्मक व्यावसायी संघले गर्‍यो साढे चार लाखको राहत सहयोग


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मनोरञ्जनात्मक व्यावसायी संघले आफ्नो क्षेत्राधिकारभित्रका मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने कर्मचारी तथा कलाकारलाई राहत सहयोग प्रदान गरेको छ ।

करिब ३ सय जनालाई साढे चार लाख रुपैयाँ बराबरको राहत वितरण गरेको संघका अध्यक्ष आशिष खड्काले जानकारी दिए ।

संघले एक विज्ञप्ति जारी गर्दै काठमाडौंको बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी र पेप्सीकोला क्षेत्रमा संघमा आबद्ध भएर काम गर्ने कलाकार र कर्मचारीलाई खाद्यान्न तथा अन्य समस्या भए संघमा सम्पर्क राख्न यसअघि नै आग्रह गरेको थियो ।

लकडाउनको समयमा समस्यामा परेका संघमा आबद्ध कर्मचारी र कलाकारलाई दाल, चामल, नुन, तेल र सावुनलगायतका सामान वितरण गरिएको थियो ।

सहयोगका लागि संघका अध्यक्ष आशिष खड्का, महासचिव सुजन श्रेष्ठ र दिनेश थापालगायत संघका पदाधिकारीले राहत वितरण गरेका थिए। छुटेका अन्य कर्मचारी र कलाकारलाई फेरि राहत वितरण गरिने अध्यक्ष खड्काले बताए।

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि संघले सरकारको अभियानलाई साथ दिने पनि घोषणा गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ९ : ०३ बजे

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर