आज २५६४ औं बुद्ध जयन्ती मनाइँदै « Khabarhub

आज २५६४ औं बुद्ध जयन्ती मनाइँदै


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज २५६४ औं बुद्ध जयन्ती । बौद्ध धर्मावलम्वीहरूले घरघरमै विशेष स्मरण गरी मनाउँदै छन् ।

यस वर्ष कोरोना भाइरस (कोभिड १९) को महामारीका त्रासले बुद्ध जयन्तीका अवसरमा गरिने औपचारिक कार्यक्रम आयोजना भएका छैनन । विश्व शान्तिको कामना व्यक्तिगत रूपमै बुद्ध जयन्ती मनाइँदैछ।

शान्तिका अग्रदूत एवं एशियाका ताराको रूपमा प्रसिद्ध महामानव गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा महत्वका साथ स्मरण गर्ने गर्छन् ।

कोरोना भाइरसको जोखिमका कारण यस वर्षको बुद्धजयन्ती प्रार्थना र पूजापाठ गरी सीमित व्यक्तिहरुका बीचमा मनाइन लागेको जनाइएको छ ।

लुम्बिनीस्थित विहार, मोनाष्ट्री र गुम्बाका भिक्षु भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा उक्त दिन विहान पूजापाठ गरी मनाइने लुम्बिनी विकास कोषका सदस्य सचिब ज्ञानीन राईले जानकारी दिए । राइका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम अत्यन्त सीमित व्यक्तिमाझ गरी पूजा र प्रार्थना गरिँदैछ ।

विगतमा लुम्बिनीमा यस दिन श्रद्धालुहरूको भीड लाग्ने गरेको थियो । काभ्रेपलाञ्चोकको नमोबुद्ध, काठमाडौँको बौद्ध, स्वयम्भू, चाबहिलस्थित चारुमती विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तूप, चैत्यमा बुद्ध मूर्तिसहित शोभायात्रा र शान्ति पदयात्रा निकाल्ने गरिन्थ्यो ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई हजार ६०० वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । कठोर तपस्यापछि सिद्धार्थ गौतम नै गौतम बुद्धका नामले प्रसिद्ध भए ।

६ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो। यसपछि बुद्धका रुपमा विश्व प्रसिद्धि पाएका हुन् । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलो पटक पाँच शिष्यलाई प्रवचन दिएका थिए । जसलाई ‘धर्मचक्र प्रवत्र्तन’ भनिन्छ।

सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गरे, जसमा संसार दुःखै-दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो ।

राष्ट्रिय विभूति गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि प्रज्ञा, शील र समाधि पर्छन्।

यसैगरी पञ्चशीलमा चोरी नगर्नू, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नू, मद्यपान नगर्नु र हिंसा नगर्नू रहेका छन्। हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ। यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन्।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : ४८ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले