दशगजा क्षेत्रमा अलपत्र परेकालाई भारतीय क्वारेन्टाइनमा पठाइयो « Khabarhub

दशगजा क्षेत्रमा अलपत्र परेकालाई भारतीय क्वारेन्टाइनमा पठाइयो


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेक्रममा कपिलवस्तुमा सशस्त्र प्रहरीको नियन्त्रणमा परेका प्रवासी नेपालीलाई भारतीय ‘क्वारेन्टाइन’मा पठाउन सुरु गरिएको छ ।

बुधबार दिउँसो दशगजामा अलपत्र परेका ३५३ जनामध्ये मर्यादपुर नाकामा रहेका ८८ जनालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतीय क्वारेन्टाइनमा पुर्‍याइएको हो ।

मर्यादपुरस्थित दशगजामा रहेका ८८ जनालाई भारतको खुनुवाबजार हुँदै रमवापुरको लालबहादुर शास्त्री उच्च माविमा निर्माण गरिएको क्वारेन्टाइनमा पठाइएको छ ।

दशगजामा अलपत्र परेका भारतबाट आएका नेपाली नागरिकले आफूहरुलाई भारतीय क्वारेन्टाइनमा नपठाएर नेपालकै क्वारेन्टाइनमा पठाउन माग गरेका छन् ।

जिल्लाको कृष्णनगर नाकामा भारतबाट आएका २६५ जना नेपाल–भारत सीमाको दशगजा क्षेत्रमै छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ७ : २१ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि