विश्व शान्तिको कामनासहित आज घर-घरमा दिपावली गर्न आग्रह « Khabarhub

विश्व शान्तिको कामनासहित आज घर-घरमा दिपावली गर्न आग्रह


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज २५६४ औँ बुद्धजयन्तीका अवसर पारेर घर-घरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन्।

विश्व शान्तिको कामनासहित बुद्ध जयन्तीका अवसरमा विहीबार साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

कोरोना महामारीका कारण आज बुद्ध जन्मस्थल लुम्बिनीमा पनि औपचारिक कार्यक्रम स्थगित गरी दीप प्रज्वलन गरिने भएको छ । लुम्बिनी विकाष कोषले हिजोबाट तीन दिन सामाजिक दूरी कायम गरी दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको जनाएको छ ।

हिजो मायादेवी मन्दिर परिसरमा विहारका भिक्षुहरुले दिप प्रज्वलन गरेका थिए ।

लुम्बिनी विकास कोषका पदाधिकारी, विहारका भिक्षु, लगायतको सहमागीतामा आज पनि दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको छ ।

सरकारले बुद्ध जयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी बुद्धजयन्ती (वैशाख पूर्णिमा/चण्डी पूर्णिमा) परेकाले उक्त दिन मुलुकभर सबैलाई लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ८ : ०९ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि