आज सांसदहरुको पीसीआर परीक्षण हुँदै « Khabarhub

आज सांसदहरुको पीसीआर परीक्षण हुँदै


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार सुरु हुने संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्न आज (बिहीबार) सांसद तथा सचिवालयका कर्मचारीको कोरोना भाइरसको पीसीआर परीक्षण गर्न स्वाव संकलन सुरु भएको छ ।

आज संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका गर्न राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यको पीसीआर परीक्षणका लागि स्वाव संकलन बिहान १० बजेबाटै सुरु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि भने ११ बजेदेखि संकलन गरिने छ ।

अहिले राष्ट्रियसभा सांसदको संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्वाब संकलन भइरहेको संसद सचिवालयले जनाएको छ। सांसद र कर्मचारी समेत गरि पाँच सय जनाको पीसीआरु परीक्षण गर्ने तयारी छ। प्रतिनिधि सभामा दुई सय ७५ र राष्ट्रिय सभामा ५८ जना सांसद छन्।

संघीय संसदको दुबै सदनको वर्षे अधिवेशन वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको छ । अधिवेशन सुरु हुनुअघि कोरोना भाइरस रोकथामबारे छलफल गर्दा सांसदहरुले कोरोनाको प्रयोगशाला परीक्षणकै सुझाव दिएका थिए । चिकित्सकहरुले पनि परीक्षण गर्न सुझाव दिएपछि आज दुवै सदनका सांसदको स्वाव संकलन गरिएको हो ।

यसअघि वैशाख १८ गते स्वास्थ्य सेवा विभाग, टेकुका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पोख्रेलसहितको टोलीले संसद भवनको स्थलगत अनुगमन गरेको थियो । त्यस क्रममा चिकित्सकहरुले संसद भवन छिर्नेहरुको दुई दिनअघि नै पीसीआर विधिबाट कोरोना परीक्षण गर्न सुझाव दिएका थिए ।

यसैबीच मंगलबारको कार्यब्यवस्था परामर्श समितिले संसद बैठक सञ्चालन गर्दा उच्च सर्तकता अपनाउने निर्णय गरेको छ । संसद भवन प्रवेश गर्दा हात धुने, स्यानिटाइजर लगाउने व्यवस्था हुनेछ । त्यसपछि ज्वरो नाप्ने, ज्वरो देखिए संसद भवनकै आइसोलेसन कक्षमा राख्ने र अस्पताल लैजाने व्यवस्था गरिएको छ । सांसद र संसद सचिवालयका कर्मचारीले मास्क अनिवार्य लगाउनुपर्छ ।

संसद बैठकमा एउटा सांसदले बोलेपछि माइक स्यानिटाइज गरेर मात्र अर्को सांसदले माइक समात्नुपर्नेछ । सभाहलमा हरेक टेबलमा स्यानिटाइजर राखिनेछ ।

सांसदहरुलाई छलफलमा भाग लिँदा ड्यासमा नगई बसेकै ठाउँबाट बोल्ने व्यवस्था गर्न पनि कार्यव्यवस्था परामर्श समितिले सुझाव दिएको छ ।

बैठकमा भाग लिन आउने सांसदाई गाडीले ल्याउने र पुर्‍याउने व्यवस्था पनि गर्नेछ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १० : ४६ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि