बारामा भारतीय नागरिकद्वारा सुरक्षाकर्मीमाथि आक्रमण, सशस्त्र प्रहरीद्वारा १ राउण्ड हवाई फायर « Khabarhub

बारामा भारतीय नागरिकद्वारा सुरक्षाकर्मीमाथि आक्रमण, सशस्त्र प्रहरीद्वारा १ राउण्ड हवाई फायर


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– नेपाल–भारत सीमाअन्तर्गत बाराको कबहीगोठमा भारतीय नागरिकले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।

करिब १ सय जनाको संख्यामा आएका भारतीय नागरिकको समूहले सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन् ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता प्रविणकुमार श्रेष्ठका अनुसार स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले १ राउण्ड हवाई फायर गर्नु परेको छ ।

‘कबहीगोठमा दिउँसोतिर केही भारतीय नागरिक खेत जोत्नका लागि भन्दै नेपालतिर प्रवेश गर्न खोजेका थिए । सुरक्षाकर्मीले रोकेपछि उनीहरु फर्किएका थिए,’ डीआईजी श्रेष्ठले भने, ‘पछि थप मानिसहरु बोलाएर सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न थाले । स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गर्नु परेको हो ।’

भीडमा आएका भारतीय नागरिकहरुले सशस्त्र प्रहरीको पोस्टमा ढुङ्गामुडा गरेका थिए । भारतीय नागरिकको ढुङ्गामुडाका कारण सशस्त्र प्रहरीको चेकपोस्टमा क्षति पुगेको छ ।

डीआईजी श्रेष्ठका अनुसार भारतबाट नेपाल प्रवेश गर्न खोज्नेहरु बढेपछि अहिले दुवै देशका अधिकारीहरुबीच छलफल चलिरहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  २ : ५६ बजे

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र