संघीय संसदमा ४४१ जनाको स्वाब संकलन, कोरोना परीक्षणको रिपोर्ट शुक्रबार आउने « Khabarhub

संघीय संसदमा ४४१ जनाको स्वाब संकलन, कोरोना परीक्षणको रिपोर्ट शुक्रबार आउने


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसजको वर्षे (बजेट) अधिवेशन शुरु हुनुपूर्व संघीय संसदका सदस्य (सांसद) समेत गरी ४ सय ३१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण भए–नभएको यकिन गर्न संघीय संसदका सदस्य र कर्मचारीहरु गरी ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरिएको हो ।

जसअन्तर्गत १ सय ७७ जना प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रिय सभाका सदस्य तथा संघीय संसद सचिवालयका कर्मचारी र मर्यादापालक २ सय २९ जना गरी ४ सय ४१ को स्वाब संकलन गरिएको हो ।

बाँकी रहेका सांसद, सुरक्षाकर्मी र कर्मचारीको शुक्रबार बिहान ८ देखि १० बजेसम्म स्वाब संकलन गरी परीक्षण गरिने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले बिहीबार संकलन गरिएका स्वाबको परीक्षण गरी शुक्रबार नतिजा आउने छ ।

शुक्रबार शुरु हुने संसदको बजेट अधिवेशनमा सबै सांसदहरुको कोरोना परीक्षणको रिपोर्ट हेरेर मात्रै वैठक कक्षमा प्रवेश गर्न दिइने छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ३ : ४२ बजे

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी

बैतडी– गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा

बलिउड ग्ल्यामरका असफल सम्बन्ध : पर्दामा रोमान्स, जीवनमा विछोड ‌

बलिउड केवल ग्ल्यामर, चमक र रोमान्सको संसार मात्र होइन, यो

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ– विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए