धुम्बाराहीमा नेकपाका २० नेताले भने– तत्काल स्थायी कमिटी बोलाइयोस् « Khabarhub

धुम्बाराहीमा नेकपाका २० नेताले भने– तत्काल स्थायी कमिटी बोलाइयोस्


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थायी कमिटी बैठक बस्नु पर्ने माग गर्दै आएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा भेला भएका छन् ।

बिहीबारदेखि नै शुरु हुने भनिएको स्थायी कमिटी बैठक स्थगित भएपछि बैठकको माग गर्दै आएका २० जना स्थायी कमिटी सदस्यहरु पार्टी मुख्यालयमा भेला भएका हुन् ।

पार्टी मुख्यालयमा अनौपचारिक छलफल गरेका उनीहरुले तत्काल स्थायी कमिटी बैठक बोलाउन पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

गत शनिबार बसेको नेकपा सचिवालय बैठकले बिहीबार स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको थियो । बिहीबार बस्ने बैठकको एजेन्डा तय गर्ने भनेर बुधबार बसेको सचिवालय बैठकमा सहमति हुन नसकेपछि बैठक स्थगित भएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले छिट्टै अर्को बैठकको मिति तोक्ने गरी बिहीबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गर्ने निर्णय गरेका थिए ।

दुई अध्यक्षबीच बैठकका एजेन्डामा सहमति हुन नसक्दा बैठक स्थगित भएको विषय सार्वजनिक भएपछि बैठक माग गर्ने स्थायी कमिटी सदस्यहरु बिहीबार पार्टी मुख्यालय पुगेका थिए ।

बिहीबारको अनौपचारिक छलफलमा उनीहरुले स्थायी कमिटी बैठकका सम्भावित एजेन्डाका विषयमा पनि छलफल गरेका छन् ।

बिहीबारको अनौपचारिक बैठकमा सहभागी भएका स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी तथा सरकारका काम–कारबाही, कोरोना भाइरसको संकट, पार्टी एकताका बाँकी काम, विदेशमा रहेका नेपालीको उद्दार लगायत विषयलाई बैठकको एजेन्डा तय गर्न सकिने गरी छलफल भएको जानकारी दिए ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ४ : ०६ बजे

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी

बैतडी– गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा

बलिउड ग्ल्यामरका असफल सम्बन्ध : पर्दामा रोमान्स, जीवनमा विछोड ‌

बलिउड केवल ग्ल्यामर, चमक र रोमान्सको संसार मात्र होइन, यो

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ– विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए