शुक्रबारदेखि नेपालगञ्जमा निषेधित क्षेत्र केही खुकुलो बनाइने « Khabarhub

शुक्रबारदेखि नेपालगञ्जमा निषेधित क्षेत्र केही खुकुलो बनाइने


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जको निषेधित क्षेत्र भोलिदेखि केही खुकुलो बनाइने भएको छ ।

भोलि(शुक्रबार) देखि विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म अत्यावश्यक सामग्री किनमेलका लागि पसलहरु खोल्न दिइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले खाद्यान्न, डेरी, तरकारी लगायत अत्यावश्यक सामग्री पाइने पसल विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

अन्य समयमा भने हिंड्डुल गर्न नपाइने गरी निषेधित क्षेत्र कायमै रहने प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिए ।

लकडाउनका बेला जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास बाहेकका सवारी साधन सञ्चालन गर्न नपाइने खड्काले बताए ।

यसअघि पाँच दिनको अन्तरालमा २३ जना संक्रमित भेटिएपछि नेपालगञ्जलाई बैशाख २३ गते विहान ११ बजेदेखि बैशाख २५ गते मध्यरातिसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : ३४ बजे

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा

बलिउड ग्ल्यामरका असफल सम्बन्ध : पर्दामा रोमान्स, जीवनमा विछोड ‌

बलिउड केवल ग्ल्यामर, चमक र रोमान्सको संसार मात्र होइन, यो

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ– विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए

भण्डारीको प्रश्न- ‘पाका नेतालाई ‘गतिछाडा’ भन्ने शब्द ब्युँताउन मिल्छ र ?”

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र बढ्दै गएको