बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा, यस्तो छ सम्भावित कार्यसूची | Khabarhub Khabarhub

बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा, यस्तो छ सम्भावित कार्यसूची


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भोलिबाट शुरु हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

कोरोना भाइरस (कोभिड १९) कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गरेर बैठक सञ्चालनका सबै तयारी पुरा भएको संसद सचिवालयले जनाएको हो ।

संघीय संसद सचिवालयले सभामुख अग्नि प्रसाद सापकोटालाई सबै सदस्यहरुको बसाई व्यवस्थापन, सभाकक्ष, कुर्सी, टेबुल, माइक व्यवस्थापन, सफाई, लगायतका सबै तयारी पूरा भएको जानकारी गराएका छन् ।

सभामुख सापकोटाले विहीबार अपराह्न सभाहलको स्थलगत अवलोकन गरी तयारीबारे जानकारी लिएका छन् । सभाहलमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार दुरी कायम गरी सीट प्लान गरिएको छ ।

हरेक दुइ सीट खाली गरेर बसाई व्यबस्थापन गरिएको छ । संयुक्त सदन बस्दा १०० जना हाराहारीको संख्यामा सांसदहरुका लागि माथिल्लो हलमा बस्ने व्यबस्था मिलाइएको संसद सचिवालयले जनाएको छ ।

यसअघि आज विहान सिंहदरबार स्थित कार्यकक्षमा बसाई व्यबस्थापन लगायतका विषयमा सभामुखज्यूले दलका मूख्य सचेतक, प्रमुख सचेतक र सचेतकहरुसंग छलफल गरेका थिए । छलफलमा सहभागी सांसदहरुले सबैले  कोरोनाको परीक्षण गराउनुपर्ने, परीक्षण गराउन नपाएका, नभ्याएकाहरुलाई परीक्षण र त्यसको रिपोर्ट पछि मात्रै सभाहलमा प्रवेश दिनुपर्ने सुझाव दिएका थिए ।

संसद बैठक अघि कोरोना भाइरस भए नभएकोबारे पीसीआर विधिबाट परिक्षण गर्ने कार्यव्यबस्था समितिको निर्णय अनुसार आज संघीय संसद अन्तरगत ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।

जसमा १७९ जना प्रतिनिधिसभा सदस्य, ३३ जना राष्ट्रि सभाका सदस्य गरी २१२ जनाको स्वाब संकलन गरिएको छ । त्यसैगरी अन्य कर्मचारी र मर्यादापालक गरी २२९ जनाको स्वाब संकलन गरिएको छ ।

आज स्वाव संकलन गरिएका सबैको रिपोर्ट शुक्रबार आउने संसद सचिवालय अन्तरगत स्वास्थ्य ईकाका डा पुष्प रिजालले जानकारी दिए । विहान १० बजेदेखि दिउँसो २ बजे सम्म स्वाब संकलन गरिएको थियो ।

यस्तो छ सम्भावित कार्यसूची

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ८ : १९ बजे

यमनका तीन बन्दरगाहमा इजरायलको आक्रमण

इजरायल – इजरायलले यमनका तीन बन्दरगाहमा आक्रमण गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत हुने

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ ।

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आकाश दीप र गिल चम्किएको दोस्रो टेस्टमा भारतको जित

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा ३३६ रनको जित हात

टेक्सासको बाढीले मर्नेको सङ्ख्या ६८ पुग्यो

टेक्सस – अमेरिकाको टेक्सासमा बाढीबाट मर्नेको सङ्ख्या बढी रहेको छ।