कोरोना भाइरसको संरचनात्मक परिवर्तन देखेर वैज्ञानिकहरू नै आश्चार्यचकित « Khabarhub

कोरोना भाइरसको संरचनात्मक परिवर्तन देखेर वैज्ञानिकहरू नै आश्चार्यचकित


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको संरचनात्मक परिवर्तन देखेर वैज्ञानिकहरु आश्चर्यमा परेका छन् । कोरोना भाइरसमा सयौँ म्यूटेशन अर्थात् उत्परिवर्तन देखिएको अमेरिका तथा बेलायती वैज्ञानिकले पत्ता लगाएका छन्।

तर तिनबाट हुने विकृतिले कोरोनाभाइरस मानिसमा फैलिनुमा तथा खोप निर्माणमा कस्तो प्रभाव पर्छ भन्ने स्पष्ट छैन। भाइरसहरूमा उत्परिवर्तन अर्थात् आनुवंशिक संरचनामा परिवर्तन भइरहन्छ।

तीमध्ये कुन परिवर्तनले भाइरसको सङ्क्रमणशक्ति र रोगको सघनतामा प्रभाव गर्छ भन्ने प्रश्न महत्त्वपूर्ण हो।

अमेरिकामा गरिएको एउटा प्रारम्भिक अध्ययनले डि६१४जी नाम दिइएको उत्परिवर्तन प्रमुख रहेको र त्यसले रोगलाई अझ सङ्क्रामक बनाउन सक्ने सङ्केत गरेको छ।

उक्त अध्ययन अरू वैज्ञानिकबाट समीक्षा हुन तथा वैज्ञानिक जर्नलमा प्रकाशित हुन बाँकी छ।

न्यू मेक्सिकोस्थित लस एलमो राष्ट्रिय प्रयोगशालाले कोरोना भाइरसको सतहमा हुने स्पाइक प्रोटीनलाई नियालिरहेका छन्। उक्त प्रोटीनका कारण कोरोना भाइरसको स्वरूप भिन्न देखिन्छ।

उनीहरूले ग्लोबल इनिसिएटिभ अन शेअरिङ अल इन्फ्लूएन्जा डेटा (जिआइएएआइडी) नामक डेटाबेस प्रयोग गरेका छन्।

उनीहरूले यही उत्परिवर्तनका कारण कोरोना भाइरस चाँडै फैलिएको हुन सक्ने बताएका छन्। तर यसको परिणाम अझै अस्पष्ट छ।

अनुसन्धानकर्ताहरूको उक्त टोलीले यूकेको शेफील्डमा बिरामीबाट सङ्कलित डेटाको पनि विश्लेषण गर्‍यो। त्यस्तो उत्परिवर्तन भएको विषाणु फेला परेका बिरामीबाट सङ्कलित नमुनामा धेरै कोरोना भाइरस पाइएको भए पनि ती मानिस धेरै बिरामी भएको वा लामो समय अस्पताल बस्नुपरेको प्रमाण भेटिएन।

युनिभर्सिटी कलेज लन्डनले गरेको अर्को अध्ययनले कोरोनाभाइरसमा १९८ वटा उत्परिवर्तन भएको पत्ता लगायो।

जब कुनै जीनको डिएनएमा कुनै स्थायी परिवर्तन हुन्छ भनें त्यसलाई उत्परिवर्तन (म्युटेसन) भनिन्छ। यो कोशिकाको विभाजनको समय कुनै दोषको कारण पैदा हुनसक्छ अथवा पराबैंगनी विकिरणको कारणले अथवा रासायनिक तत्व वा भाइरसले पनि हुनसक्छ।

उक्त अध्ययनमा सहभागी वैज्ञानिक प्राध्यापक फ्रान्स्वाँ बलोले उत्परिवर्तन आफैँमा नराम्रो कुरा नभएको बताए । उनका अनुसार हामी उक्त भाइरस धेरै वा थोरै घातक तथा सङ्क्रामक हुँदैछ भन्ने स्थितिमा हामी छैनौँ।

यूनिभर्सिटी अफ ग्लास्गोमा गरिएको अर्को अध्ययनमा उत्परिवर्तनहरूका कारण नयाँ किसिमका भाइरस बनेका छैनन्।

अहिले फैलिएको कोरोना भाइरस एउटै किसिमको भएको त्यहाँका अनुसन्धानकर्ताहरूको निष्कर्ष छ। भाइरसमा हुन ससाना परिवर्तनको जानकारी पनि खोप विकासका लागि महत्त्वपूर्ण मानिन्छ।

फ्लू गराउने भाइरसमा यति चाँडो उत्परिवर्तन हुन्छ कि त्यसबाट बन्ने फरक किसिमको भाइरसका लागि प्रत्येक वर्ष नयाँ खोप बनाउनुपर्ने बाध्यता हुन्छ।

अहिले निर्माणको चरणमा भएका अधिकांश कोभिड-१९ खोपहरूले कोरोना भाइरसको स्पाइक अर्थात् काँडाजस्तो अवयवलाई लक्षित गरेका छन्।

यो अवधारणामा मानिसको शरीरमा उक्त अवयवको एउटा विशिष्ट तत्त्वलाई चिन्ने गुण विकास गराएर उक्त भाइरसलाई निष्क्रिय पार्न सकिन्छ भन्ने छ।

तर स्पाइकमा परिवर्तन भइरहे अहिले बनाउन लागिएको खोप कम प्रभावकारी भइदिन सक्छ। अहिले सबै कुरा सिद्धान्तको तहमा छन्।

उक्त भाइरसको आनुवंशिक संरचनामा परिवर्तन हुँदा के हुन्छ भन्ने पर्याप्त जानकारी अहिले उपलब्ध हुन नसकेको वैज्ञानिकहरुले बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ९ : ३४ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड