कोरोना भाइरसले विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो « Khabarhub

कोरोना भाइरसले विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार १७७ जनाको मृत्यु भएको छ । योसँग मृतकको संख्या ४ लाख १ हजार ६२३ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ६९ लाख ६७ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७१५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ६९ लाख ६७ हजार ३६ पुगेको छ ।

३१ लाख ५८ हजार २७१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५८७ जनाको अवस्था गम्भीर छ । ३४ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार बिहानसम्म १ लाख ७८ हजार ५८३ जनाको मृत्यु भएको छ ।

२० लाख ७८ हजार ७३२ जना संक्रमित भएकोमा १० लाख ७३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३४ हजार ७३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ५२ हजार ४६५ पुगेको छ । त्यसमध्ये ९ लाख ९ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३४ हजार ६३७ जनाको मृत्यु भएको छ । १३ लाख २६ हजार ४२९ जना संक्रमित भएकोमा ८ लाख ३ हजार १४१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४८ हजार ६३७ जनाको मृत्यु भएको छ । ११ लाख ९ हजार ३२० जना संक्रमित भएकोमा ५ लाख २५ हजार ३५७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ८२ जनाको ज्यान गएको छ भने १ लाख ८५ हजार ९९६ जना संक्रमित छन् । संक्रमितमध्ये ८३ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८६५ जना संक्रमित भएकोमा ८ हजार २७५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ६ : २७ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक