स्याङ्जाका १४ सहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

स्याङ्जाका १४ सहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान ६ बजे जारी गरेको बिज्ञप्ति अनुसार स्याङ्जामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकीमा संक्रमितको संख्या ११३ पुगेको छ । संक्रमितहरू स्याङ्जाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय पुरुष र भीरकोट नगरपालिकाका ४५ वर्षीय पुरुष छन् ।

यस्तै बागलुङका १० जनामध्ये बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २६, २९ वर्षका पुरुष छन् । संक्रमित एकजनाको उमेर खुल्न सकेको छैन । बागलुङकै ढोरपाटन नगरपालिकामा पनि थप एक संक्रमित फेला परेका छन् ।

गोरखामा पनि एकै दिन १० जनामा कोरोना संक्रमित फेला परेका छन् । गोरखाको गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ गरी ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गोरखा जिल्लाकै पालुङटार नगरपालिकाका एक १७ वर्षीय युवकमासमेत कोरोना भाइरस पुष्टि भएको छ ।

त्यस्तै, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हुप्सेकोट गाउँपालिकाका २०, ३५, ४५ र ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ८ : २२ बजे

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो