दूध चिया किन हानिकारक ? यस्ता छन् कारण « Khabarhub

दूध चिया किन हानिकारक ? यस्ता छन् कारण


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दूध चियाको सौखिन हुनुहुन्छ भने सर्तक रहनुहोस् किनकि चियामा दूध मिसाएर पिउँदा त्यसाको लाभ नष्ट भएर जाने गर्दछ ।

दूध चियाको सेवनले तपाईको स्वास्थ्यमा कैयौं प्रकारको हानी समेत पुर्‍याउने गर्दछ । तर बिना दूधको चिया अर्थात कालो चिया तपाईको मुटु र स्वास्थ्यलाई फाइदाजनक हुन्छ ।

तर्सथ दूध चियाको चुस्किमा रमाउने लत लागेको भए पनि कालो चिया पिउने बानि बसाउनुहोस् ।

दूध चियाको बेफाइदा

दूध चियाको नियमित सेवनगर्दा यसले शरीरमा नकारात्मक हानी पुर्याउने गर्दछ । कैयौं प्रकारको शोध अनुसन्धान अनुसार चियामा दूध मिसाउँदा चियामा हुने तत्वको जैविक गतिविधि बदलिन्छ र यसको सकरात्मक प्रभाव नष्ट भएर जाने गर्दछ ।

दूध चियाको सेवनले छालामा बिभिन्न प्रकारको समस्या हुने गर्दछ । यस अलावा अनुहारमा डण्डिफोर आउन पनि दूध चियाको सेवन सहायक रहने गर्दछ ।

चियाको अधिकतम सेवनले शरीरमा गर्मी उत्पन्न हुने तथा शरीरको रसायनमा असन्तुलन पैदा गर्दछ । यस अलावा यी समस्या पनि चियाको अत्यधिक सेवनका कारण हुने गर्दछ ।

१. कब्जियत

अत्यधिक चियाको सेवन कब्जियतको कारक बन्न सक्छ । चियामा पाइने थियो फिलाइन नामक रसायनले शरीरलाई डिटक्सीफाई गर्न मद्दत गर्दछ । तर अत्यधिक थियोफिलाइनले शरीरमा डिहाइड्रेशनको शिकार बनाउने गर्दछ । जसका कारण कब्जियत हुनसक्छ ।

२. अनिन्द्रा

चियामा क्याफिनको मात्रा पाइन्छ । यस्तोमा दैनिक २ कप भन्दा बढि मात्रामा चियाको सेवन गरेमा अनिन्द्रालगायत निन्द्रा सम्बन्धिको समस्या हुने गर्दछ । निन्द्रामा हुने समस्या दूध र चिनीको चियाबाट हुने आमदुष्प्रभाव हो ।

३. मानसिक रोग
भन्दा पत्यार नलाग्न सक्छ तर कतिपय अवस्थामा दूध चियाको सेवन मानसिक रोगको कारक बन्दछ । यसको सेवनले मानसिक स्वास्थ्य, चिन्ता, तनाव र बेचैनी बढ्ने गर्दछ ।

४. ग्याष्ट्रिक
अत्यधिक दूध चियाको सेवनले पेट फुल्ने तथा ग्याष्ट्रिक लगायतको समस्या हुने गर्दछ । चियामा हुने क्याफिन पेट फुलाउने कारक बन्दछ । यसका साथै दुध र क्याफिनको मिश्रण ग्यास बनाउने काम गर्दछ ।

कालो चियाको फाइदा
बिना दूधको अर्थात कालो चियाको सेवन मुटुका लागी लाभदायक मानिन्छ । चियामा बढि मात्रामा चिनीको प्रयोग गर्दा शरीरमा चियाको लाभ पर्याप्त पुग्ने गर्दैन । चियामा हुने एन्टिइन्फ्लेमेटरी गुणले क्यान्सर जस्तो खतरनाक रोगबाट बचाउने गर्दछ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : ५२ बजे

रास्वपा नेता-कार्यकर्तालाई ज्ञानेन्द्रको चुनौती- चरित्र हत्या गर्दै नहिँड, संसद्‌मा उठाएका प्रश्नको जवाफ देऊ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

चितवन– वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ–मुग्लिन

चन्द्रागिरीबाट ठूलो परिमाणको लागूऔषधसहित दुईजना नियन्त्रणमा

काठमाडौं– चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाटआइतबार सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागूऔषधसहित

राष्ट्र बैङ्क ऐन संशोधन विधेयकमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई

आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास

काठमाडौं– सडक विभागले पहिरोका कारण अवरुद्ध रहेको सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गअन्तर्गत