प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङ्क्रमण « Khabarhub

प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङ्क्रमण


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको थियो ।

उनी दुई दिनअघि सरुवा भएका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई काठमाडौं पुर्‍याएर नयाँ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीलाई काठमाडौंबाट ल्याएका थिए ।

सरुवा भएका प्रजिअ लामिछानेको पिसिआर नेगेटिभ देखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए । चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको छ ।

यहाँ थप १९ जनाको पिसिआरका लागि स्वाब सङ्कलन गरिएको छ । अन्यको आज स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । जिप्रकाका सबैलाई सेल्फ क्वारेन्टाइनमा राखी कार्यालयको आन्तरिक काम सञ्चालन गरिने तर कार्यालय बन्द नगरिने प्रशासकीय अधिकृत अधिकारीले बताए ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ४ : ३० बजे

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए

काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा

फेरिएको परम्परा : पहिले बधाई दिनेको भिडले भरिने सिंहदरबार अहिले सुनसान (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएको छ ।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

जुम्ला– तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर

धुम्बाराहीमा कांग्रेस देउवा पक्षको अलग्गै भेला, को को सहभागी भए ?

काठमाडौं- फागुन २१ को निर्वाचनमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन