आजदेखि सुन पसल पनि खुले « Khabarhub

आजदेखि सुन पसल पनि खुले


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनको आज ७६ दिन पुगेको छ । लकडाउन लम्बिँदै जाँदा व्यापार व्यवसाय ठप्प हुँदा जनजीवन प्रभावित भएको भन्दै व्यवासयीले लकडाउन तोड्दै पसल खुलाएपछि सरकारले पनि लकडाउन खुकुलो बनाउने रणनीति लिएको छ ।

यसैबीच आइतबारदेखि सुन पसलहरु समेत खुलेका छन् । सरकारले विभिन्न जिल्ला प्रशासन, सम्वन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र सम्वन्धित उद्योग वाणिज्य संघको संयुक्त सहमतिमा केही घण्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरे अनुसार सुनचाँदी व्यवसाय पनि आंशिकरुपमा सञ्चालन हुने महासंघले जनाएको छ।

सोही अनुरुप महासंघले आइतबारबाट सुन तथा चाँदीको भाउ समेत तोक्ने भएको छ। सरकारले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै देश नै लकडाउन गरेपश्चात महासंघले पनि गत साढे दुइ महिनादेखि सुन चाँदीको नयाँ भाउ सार्वजानिक गरेको छैन।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले भने सूचनाको लागि भन्दै जेठ १४ गतेदेखि नै सुनको नयाँ भाउ प्रकाशित गर्न थालेको थियो। तर महासंघले उक्त मूल्यलाई आधिकारीक मान्न नसकिने बताएको थियो। महासंघले गत शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ८८ हजार ४०० रुपैयाँ तोकेको थियो।

सुनचाँदी व्यवसायी महासंघले यसअघि चैत १० गते अन्तिम पटक छापावाला सुनको भाउ प्रतितोला ७७ हजार रुपैयाँ तोकेको थियो भने चाँदीको भाउ ७२० रुपैयाँ तोकेको थियो।

कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय बजारमा सुनको भाउ उच्च दरले बढेको छ। अहिले अन्तरराष्ट्रिय बजारमा सुन प्रतिआउन्स १ हजार ६८३ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघले यही मूल्यलाई आधार मानेर नेपालमा सुनको भाउ निर्धारण गर्नेछ। सरकारले आगामी आर्थिक वर्षकाे बजेटमार्फत सुन आयातमा २ हजार रुपैयाँले भन्सार दर बढाएको छ जसले गर्दा पनि सुनको भाउ थप बढेको छ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ११ : १६ बजे

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई