संसदमा गगन थापाको कटाक्ष – राष्ट्रपतिलाई श्री ६ बनाउने अधिकार कहाँ छ ? « Khabarhub

संसदमा गगन थापाको कटाक्ष – राष्ट्रपतिलाई श्री ६ बनाउने अधिकार कहाँ छ ?


२५ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपतिलाई श्री ६ बनाउने अधिकार कहाँ छ भन्दै संसदमा कटाक्ष गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेटमा समेटेका कार्यक्रमबारे प्रश्न गर्दै थापाले भने, ‘शिक्षामन्त्रीलाई सोध्न मन लागेको छ, राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ॽ

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर राखिएको कार्यक्रममा आपत्ति जनाउँदै उनले भने, ‘हिजो राजाको बक्सिस स्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मनलाग्दी पैसा दिन पाउने कार्यक्रम संघीयता, संविधान र व्यवस्थाविरोधी छ।’

यस्तो कार्यक्रमलाई छ अरब बजेट दिइएकोमा उनले आपत्ती जनाए । गत वर्ष पाँच अरब बजेट भएको यस्तो कार्यक्रमलाई अहिले छ अरब दिएर अधिकार दूरूपयोग गर्न खोजिएको उनको आरोप छ ।

शिक्षा मन्त्रीले यस्ता कार्यक्रम बनाउँदा तलब नपाएका सहजकर्ता, शिक्षक र आशिंक प्राध्यापकको याद गर्नुपर्ने थापाको सुझाव छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  १२ : २८ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६