आजदेखि मौसम सुधार हुँदै जाने « Khabarhub

आजदेखि मौसम सुधार हुँदै जाने


२५ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ । सो प्रणाली पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भएकाले क्रमशः सुधार हुँदै जाने मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए ।

हाल देशको प्रदेश नं ५, कर्णाली , गण्डकी , वाग्मती प्रदेश, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली भई प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानका साथै कर्णाली तथा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ का एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २६ दशमलव दुई डिग्री सेल्सियस छ ।

त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव नौ डिग्री सेल्सियस र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३३ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  १२ : ४९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको