हालसम्म ४६७ जना संक्रमितले जिते कोरोना « Khabarhub

हालसम्म ४६७ जना संक्रमितले जिते कोरोना


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबारसम्म ४६७ जना कोरोना भाइरस संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लाे २४ घण्टामा १०२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४६७ पुगेको हो । पछिल्लो २४ घण्टामा २ जना महिला र १०० जना पुरुष डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा पछिल्लो २४ घण्टामा १०२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिइएको हो । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४६७  पुगेको छ ।

आइतबार थप २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ३ हजार ४४८ पुगेको जानकारी दिएका हुन् ।

कुन प्रदेशमा कति जना डिस्चार्ज ?

  • प्रदेश १ बाट ९१ जना
  • प्रदेश २ बाट १८६ जना
  • वाग्मती प्रदेशबाट ३२ जना
  • गण्डकी प्रदेशबाट ३ जना
  • प्रदेश ५ बाट १३३ जना
  • कर्णाली प्रदेशबाट ९ जना
  • सुदूरपश्चिम प्रदेशबाट १३ जना

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ४ : ३५ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार