युएफसी फाइटर म्याकग्रेगरद्वारा तेस्रो पटक सन्यासको घोषणा « Khabarhub

युएफसी फाइटर म्याकग्रेगरद्वारा तेस्रो पटक सन्यासको घोषणा


२५ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यूएफसी फाइटर कोनोर म्याकग्रेगरले चार वर्षमा तेस्रो पटक सन्यास घोषणा गरेका छन् ।

आयरल्याण्ड मिक्स मार्सल आर्टका खेलाडी म्याकग्रेगरले आइतबार फाइटरबाट सन्यास लिएको आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै घोषणा गरेका हुन् ।

आफ्ना समर्थकलाई सम्बोधन गर्दै म्याकग्रेगरले लेखेका छन्, ‘मैले फाइटबाट सन्यास लिने निर्णय गरेको छु । आश्चर्यजनक सम्झनाहरुका लागि सबैलाई धन्यवाद ।’

म्याकग्रेगरले पछिल्लो चार वर्षमा तेस्रो पटक सन्यास घोषणा गरेका हुन् । यस उनले अघि सन् २०१६ र २०१९ मा सन्यास लिने निर्णय गरेका थिए । तर, पनि उनी पुन रिङमा फर्किएका थिए ।

म्याकग्रेगरले आफ्नो करियरमा २२ जित र ४ हार व्यहोरेका छन् । ३१ वर्षीय उनले आफ्नो खेल करियरमा २ सय मिलियन अमेरिकी डलर कमाएको छन् ।

म्याकग्रेगरले आफ्नो अन्तिम खेल २०२० मा खमेरिकाका चर्चित फाइटर डोनाल्ड ‘काउब्वाई’ सेरोनलाई पराजित गरेका थिए । काउब्वााईलाई उनले लस भेगासमा भएको खेलमा ४० सेकेन्डको छोटो समयमा पराजित गरेका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ५ : ३४ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले