प्रदेश २ नीति तथा कार्यक्रम : कृषि र पशुपालन प्राथमिकतामा « Khabarhub

प्रदेश २ नीति तथा कार्यक्रम : कृषि र पशुपालन प्राथमिकतामा


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा कृषि र पशुपालनलाई प्राथमिकतामा राखेको छ ।

आइतबार प्रदेशसभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा माछा र मासु तथा दुग्धजन्य पशुपालनमा जोड र कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने भनिएको छ ।

हरेक स्थानीय तहमा पशु सेवा र कृषि ज्ञान केन्द्रको शाखा विस्तार गर्ने तथा किसानलाई दक्ष सीपयुक्त बनाउनुका साथै कृषि क्षेत्रमा अनुदान बढाउने विषयमा जोड दिइएको छ ।

प्रदेशको आन्तरिक स्रोतसाधनमा आधारित प्रांगारिक र जैविक मल उत्पादन, कृषिजन्य उद्योग व्यवसाय स्थापना र सञ्चालनमा सरकारी सहयोग बढाउने, धूलो दूध उत्पादनका लागि लगानी गर्ने र कृषि सहकारीलाई प्रवर्धन गर्ने कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै, वीरगन्जको चिनी कारखाना र कृषि औजार कारखाना पुनः सञ्चालनका लागि पहल गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ५ : ५० बजे

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए

काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा

फेरिएको परम्परा : पहिले बधाई दिनेको भिडले भरिने सिंहदरबार अहिले सुनसान (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएको छ ।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

जुम्ला– तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर

धुम्बाराहीमा कांग्रेस देउवा पक्षको अलग्गै भेला, को को सहभागी भए ?

काठमाडौं- फागुन २१ को निर्वाचनमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन