'विप्लव' समूहका नेता खत्री थुनामुक्त | Khabarhub Khabarhub

‘विप्लव’ समूहका नेता खत्री थुनामुक्त


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- सर्वोच्च अदालतको आदेशबमोजिम नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्री राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको रोहवरमा थुनामुक्त भएका छन् ।

आयोगको केन्द्रीय कार्यालय हरिहर भवनबाट थुनामुक्त भएका हलेसी तुवाचुङ्ग नगरपालिका–२ खोटाङ बस्ने चक्रबहादुर खत्रीलाई यही जेठ २३ गते सर्वोच्च अदालतका न्यायाधीशहरु प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले खत्रीलाई आयोगका अध्यक्ष वा सदस्यको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको थियोे ।

आदेशमा आयोग केन्द्रीय कार्यालयमा यही जेठ २५ गते खत्रीलाई उपस्थित गराई आयोगका अध्यक्ष वा सदस्यको रोहवरमा थुनामुक्त गर्न भनिएको थियो । सोही अनुसार आयोगका सदस्य पौड्यालको रोहवरमा खत्री थुनामुक्त भएका थिए ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा खत्रीको अवस्था सम्बन्धमा परिवारलाई जानकारीसमेत नदिई स्थिति अज्ञात पार्ने गरिएको, निजउपर अपमानजनक व्यवहार गरिएको तथा सर्वोच्च अदालतबाट पटकपटक जारी भएका आदेशको बेवास्ता गरिएको सम्बन्धमा आयोगले यही जेठ १६ गते २४ घण्टाभित्र जवाफ पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।

खत्रीको रिहाइ सम्बन्धमा सर्वोच्च अदालतबाट भएको आदेशबमोजिम सम्मानपूर्वक बाँच्न पाउने तथा वैयक्तिक स्वतन्त्रता उपभोग गर्न पाउने अधिकारको प्रचलनका लागि आयोगलाई अनुगमन गर्नसमेत निर्देशन भएको हुँदा सो अनुरुप खत्रीको अधिकार संरक्षण गरी खत्रीलगायत अन्य कुनै पनि व्यक्तिलाई स्वेच्छाचारी रुपमा पक्राउ नगर्न तथा गैह्रकानूनी थुनामा राख्ने कार्य बन्द गर्न आयोग सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : ०६ बजे

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

एजेन्सी– संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

गाईघाट– उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक

प्रकृति र संस्कृतिको संगम बाँकेको ‘गाभर भ्याली होमस्टे’ 

बाँके– बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घरवास (होमस्टे)

काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट : ९ जनाको मृत्यु, ३१ घाइते

एजेन्सी– भारतको काश्मिरमा रहेको श्रीनगरको नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति

सुदूरपश्चिममा वन उपभोक्ता समूहको आन्दोलन स्थगित, १३ सदस्यीय कार्यदल गठन

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरूले घोषणा गरेको प्रदेशव्यापी आन्दोलन