प्रहरी प्रमुख छनौट गर्न आज मन्त्रिपरिषद बस्दै | Khabarhub Khabarhub

प्रहरी प्रमुख छनौट गर्न आज मन्त्रिपरिषद बस्दै


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (मंगलबार) अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले नेपाल प्रहरीको प्रमुख आईजीपी छनौट गर्नेछ।

३० वर्षे सेवा अवधिका कारण हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अवकाश पाउनेभएपछि आज मन्त्रि परिषदले नयाँ आईजीपी छनौट गर्नेछ ।

को को छन् महानिरीक्षकको दौडमा ?

यसअघि आईजीपीको दाबेदारीमा एआईजी नभएका कारण ठाकुरप्रसाद ज्ञवाली डीआईजीबाटै आईजीपी बनेको थिए । यसपटक आईजीपीको प्रतिस्पर्धा एआईजीद्वय शैलेश थापा क्षेत्री र हरि पाल छन् ।

नेपाल प्रहरीमा थापा र पालसँगै एआईजी तारणीप्रसाद लम्सालले ज्ञवालीसँगै अवकाश पाउने भएकाले थापा र पालमात्रै आईजीपीका दाबेदार हुन् । उनीहरू दुवैजना २०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका हुन् ।

यी दुईमध्ये जो आईजीपी बने पनि नेपाल प्रहरीमा विद्यमान ३० वर्षे सेवाअवधिका कारण १९ वैशाख २०७९ सम्म अर्थात २ वर्षभन्दा कम कार्यकाल रहनेछ ।

अहिले थापाले नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभाग र पालले कार्य एवं अपराध अनुसन्धान विभाग सम्हालेका छन् । प्रहरीको अहिलेसम्मको रेकर्डमा थापा र पाल दुबैजना ठूलो विवादमा तानिएका छैनन् ।

थापाले अहिलेसम्म झापा, कास्कीलगायतका जिल्लासहित महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रहरी प्रवक्तालगायत महत्वपूर्ण मानिने स्थानको कमान्ड सम्हालेका छन् । त्यस्तै पालले कास्की, रूपन्देही, धनुषा, प्रदेश २ र विशेष ब्युरोलगायत महत्वपूर्ण मानिने स्थानको कमान्ड सम्हालेका छन् ।

नयाँ आईजीपीका चुनौती

नयाँ प्रहरी महानिरीक्षकका लागि अहिलेको मुख्य चुनौती कोभिड–१९ को संकट व्यवस्थापन नै हो । पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) नवराज ढकाल भन्छन्, ‘कारोना भाइरस संक्रमणको महामारी फैलिरहेको अहिलेको अवस्थामा प्रहरी संगठनका लागि सबैभन्दा ठूलो चुनौती आफ्ना संगठनका सदस्यहरूलाई महामारी प्रकोपबाट जोगाउँदै परिचालन गर्नु नै हो ।’

यो समयमा विभिन्न मुलुकबाट आउने नेपालीहरूलाई सरकारले तोकेको मापदण्डमा रहेर उचित व्यवस्थापको जिम्मेवारी निर्वाह गर्न सक्नुपर्छ । राज्यले कोभिड–१९ को नियन्त्रण गर्न बनाएका नीतिनियम तथा मापदण्ड प्रभावकारी ढंगले कार्यान्वयन गर्नु अर्को चुनौती हो ।

पूर्वएआईजी ढकालका अनुसार कोभिड–१९ ले व्यापार व्यवसाय, रोजगारीलगायत आर्थिक गतिविधि कमजोर भएका समयमा आर्थिक अपराधका घटना बढ्न सक्छन् । यस्ता घटना नियन्त्रणको पाटो अर्को चुनौती हो ।

त्यसैगरी कोरोना संकट, लकडाउन लगायतका कारणले नागरिकहरूमा बढेको निराशा सडकमा पोखिन सक्छ । यस्तो अवस्थामा समानुपातिक बल प्रयोगको सिद्धान्तलाई लिएर दुवैतर्फ क्षति नहुने गरी व्यवस्थापन गर्न सक्नुपर्छ ।

ढकाल भन्छन्, ‘कोभिड–१९ बाहेक प्रहरी संगठनको आन्तरिक अनुशासन, चेन अफ कमाण्ड, निराशा लगायतलाई व्यवस्थापन गर्दै प्रहरी परिचालन गर्नु अर्को चुनौती हो । नयाँ नेतृत्वले यस्ता विषयमा ध्यान दिनुपर्छ ।’

पूर्वडीआईजी हेमन्त मल्लका अनुसार, नेपाल प्रहरी संगठनको अहिलको मुख्य चुनौती खस्कदै गएको संगठनको साख जोगाउनु हो । मल्ल भन्छन्, ‘निर्मला हत्या प्रकरण होस् या सुन तस्करी प्रकरण अर्थात संगठनभित्र करियर प्लानिङमा देखिएको कमजोरी, यी विभिन्न कुराले अहिले प्रहरी संगठनको शाख खस्कदै गएको छ । नयाँ प्रहरी महानिरीक्षकका लागि मुख्य चुनौती संगठनको शाख जोगाउनु नै हो ।’

मल्लका अनुसार अहिले प्रहरीभित्र संगठनप्रति वितृष्णा बढ्दै गएको छ । संगठनभित्र राजनीतीकरणले पनि समस्या थपेको छ । यस्तो अवस्थामा संगठनमा आकर्षण बढाउन सक्नुपर्छ । अहिले नेपाल प्रहरीमा जागिर छाड्नेको लर्को छ । चेनअफ कमाण्डभन्दा राजनीतिक शक्तिका पछि दौडने परिपाटी छ ।

यस्ता विषयमा नेतृत्वको भूमिका विशेष हुनुपर्छ । नागरिकप्रति प्रहरीको विश्वास बढाउन सक्नुपर्छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ९ : ५० बजे

पाँच महिनामा छ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो

काठमाडौं – चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म छ खर्ब ४०

राजेशभक्तको नेतृत्वमा फ्यानको नयाँ नेतृत्व चयन

काठमाडौं – फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान)को नयाँ नेतृत्व चयन

कस्तो बन्ला च्याम्पियन ट्रफीमा भारतीय टोली ?

टी-२० क्रिकेटको विश्व च्याम्पियन भारत एक दिवसीय क्रिकेटको विश्व उपविजेता

अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो

लस एन्जलस – लस एन्जलसमा मंगलबार सुरु भएको आगलागी असर

पुल भाँचिएर रोकिएका सवारी साधन वैकल्पिक मार्गबाट सञ्चालन

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर