दुर्गेश थापालाई लाग्यो गीत चोरीको आरोप ! « Khabarhub

दुर्गेश थापालाई लाग्यो गीत चोरीको आरोप !


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापामाथि गीत चोरीको आरोप लागेको छ । उनले हालै रिलिज गरेको ‘बीच्च बीच्चमा २’ बोलको गीतमा अन्तरा चोरी गरेको आरोप लागेको हो ।

उक्त गीतमा ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’ भन्ने अन्तरा सुन्न सकिन्छ । जुन अन्तरा लोककवि अली मियाँको एक गीतमा पनि प्रयोग गरिएको छ ।

‘आकाशमा बादलु डम्मै छ’ बोलको गीतलाई गायक प्रेमराजा महत र हरिदेवी कोइरालाले एक दशकअघि गाएका थिए । दुवै गीत युट्युबमा पनि उपलब्ध छन् । त्यही गीतको अन्तराले दुर्गेशले जस्ताको तस्तै आफ्नो गीतमा प्रयोग गरेपछि उनी विवादमा तानिएका हुन् ।

गायक दुर्गेश थापाले भने आफूले गाउँतिर सुनेका आधारमा गीतमा उक्त अन्तरा प्रयोग गरेको प्रतिक्रिया दिएका छन् ।

दुर्गेशको ‘बीच्च बीच्चमा २’ ले चर्चा कमाइरहेको छ । गतवर्ष उनले ‘बीच्च बीच्चमा’ बोलको गीत सार्वजनिक गरेका थिए । उक्त गीतले उनलाई वर्षभरि नै चर्चामा ल्याएको थियो ।

साथै तिहारको अवसर पारेर सार्वजनिक गरिएको गीत ‘ह्याप्पी तिहार’ ले भने उनलाई विवादमा तानेको थियो । विवादपछि दुर्गेशले सो गीत युट्युबबाट हटाएका थिए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १० : ५६ बजे

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ