कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि « Khabarhub

कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ हजार ५३९ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको स्वास्थ्य सेवा माहाशाखाले एक विज्ञप्ति जारी गर्दै थप १४ जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमितहरु सल्यानका २ जना र सर्खुेतका १२ जना छन् । प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतमा गरिएको परीक्षणमा सुर्खुेतका ८ जना र सल्यानका २ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा सुर्खेतका ३ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका एकजना गरी १४ जना संक्रमित थपिएका हुन् ।

उनीहरु मध्ये ७ जना महिला र ७ जना पुरुष रहेका छन् ।

यस्तै आज मात्र २८ जना विभिन्न अस्पताल र आइसोलेसन केन्द्रबाट डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा हालसम्म १ हजार २७५ जना डिस्चार्ज भइसकेका छन् भने उपचारत कोरोना संक्रमितको संख्या २४९ रहेको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ४ : ०५ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा