चेम्बरको टोली र चीनका लागि नवनियुक्त राजदूत पाण्डेबीच भेटवार्ता « Khabarhub

चेम्बरको टोली र चीनका लागि नवनियुक्त राजदूत पाण्डेबीच भेटवार्ता


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनका लागि नेपालका नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीबीच भेटघाट भएको छ।

मंगलबार चेम्बरको टोली र राजदूत पाण्डेबीच भेटघाट भएको हो।

भेटमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले तातोपानी र रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात गर्दा हुने जटिलता सरलीकरण गरी निर्बाध रुपले दुवै नाका संचालन गर्न पहल गर्नुपर्ने धारणा राखेका थिए।

चीनले ८ हजारभन्दा बढी नेपाली उत्पादनको आयातमा शून्य भन्सार महसुल दरमा प्रवेश सुविधा प्रदान गरेको तर यस्तो सुविधा प्राप्त गर्न ४० प्रतिशत मूल्य अभिवृद्धि पूरा भएको हुनुपर्ने प्रावधान छ। सो प्रावधान पूरा गर्न कतिपय मालवस्तुहरुमा कठिन भएकोले मूल्य अभिवृद्धिको अनुपात कम गर्न समेत पहल गर्न पाण्डेसमक्ष आग्रह गरेका थिए।

अध्यक्ष श्रेष्ठले चीनको बजारमा कृषि तथा लाइभस्टकका वस्तु निर्यातको सम्भावना भएकोले ती वस्तु चिनियाँ बजारमा सहज तथा सरल तवरले प्रवेशको लागि पहल गरिदिन अनुरोध गरे।

नेपाल-चीन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनबाट धार्मिक तथा संस्कृतिक पर्यटक प्रवर्द्धन गर्न आग्रह गरेका थिए।

राजदूत महेन्द्र बहादुर पाण्डेले चेम्बरबाट प्राप्त सुझावहरु गम्भीरतापूर्वक मनन गरी सहजिकरणका लागि सक्दो प्रयास गर्ने बताएका थिए। चेम्बरको टोलीमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश अग्रवाल तथा नेपाल-चीन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरलगायत पदाधिकारीको थिए।

 

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ९ : २३ बजे

प्रिमियर लिग : वुल्भ्सको पोस्टमा म्याचेष्टरले गर्‍यो चार गोल

काठमाडौं – प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा म्यानचेष्टर

ला लिगा : ओसासुनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा ओसासुनाले

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

फरार कैदीबन्दी पक्राउ

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा

पहिलो क्वालिफायरमा सन्दीप र दीपेन्द्रको भिडन्त

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा लिग चरणका खेलहरु