पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु « Khabarhub

पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाटन अस्पतालमा उपचार गराइरहेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगञ्जका ४५ वर्षीय पुरुषको बिहीवार साँझ मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले उनको मृत्यु भएको बताए । डाक्टरका अनुसार ती पुरुषमा मधुमेह र रक्तचापको समस्या थियो ।

ती पुरुषलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो । उनलाई स्टार अस्पतालमा हुँदा नै कोरोना पोजेटिभ देखिएको थियो ।

यसैगरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २५ वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

सिरहा निवासी उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर दिनेश सापकोटाले जानकारी दिए ।

ती युवक मिर्गौलाका बिरामी थिए । उनको साउन १९ गते स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । साउन १९ मा उनमा कोरोना संक्रमण भएको नतिजा आएको थियो ।

उनले दुई वर्षदेखि डायलासिस गराउँदै आएका थिए । जनकपुर अस्पतालमा डायलासिस गराउँदै आएका ती पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उनलाई धरान रिफर गरिएको थियो ।

पछिल्लो विवरणअनुसार नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएको संख्या ६९ पुगेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १२ : ०८ बजे

तनहुँमा सवारी दुर्घटना : ७ महिनामा १५ जनाको मृत्यु

दमौली – तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ – नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको

उद्योग व्यवसायी संघ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही

वीरेन्द्रनगर — उद्योग व्यवसायी संघ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही निर्वाचित

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ – काठमाडौं शंखरापुर नगरपालिका-१ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको

प्रि-ओपन सेसनमा नेप्से २.६५ अंकले घट्यो

काठमाडौँ – प्रि-ओपन सेसनमा सोमबार सेयर बजार ०.१४ प्रतिशतले घटेको