स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो चाडपर्वका लागि जनस्वास्थ्य मापदण्ड « Khabarhub

स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो चाडपर्वका लागि जनस्वास्थ्य मापदण्ड


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘चाडपर्व, जात्रा तथा उत्सवहरू मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड–२०७७’ जारी गरेको छ ।

‘आगामी दिनहरूमा प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरूको समय आउँदै गरेकोले कोभिड–१९ को सन्दर्भमा स्वास्थ्यका दृष्टिकोणले सुरक्षित बनाउँदै मनाउनुपर्ने बाध्यात्मक परिस्थितिलाई ध्यानमा राखेर जनस्वास्थ्य मापदण्ड जारी गरिएको’ मन्त्रालयले जनाएको छ ।

यो मापदण्डमा घरपरिवार र समुदायस्तरमा मनाइने सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सवहरूलाई ध्यानमा राखेर विकास गरिएको र नेपालभर सबैलाई लागु हुने पनि मन्त्रालयले जनाएको छ ।

व्यक्ति र आयोजकले पालना गर्नु पर्ने दुई खण्डमा मापदण्ड बनाइएको छ ।

मन्त्रालयले सम्भव भएसम्म एकाघरका परिवारका सदस्यहरूमात्रै बसी चाडबाड तथा पर्वहरू मनाउन र सकेसम्म घर बाहिरको भेटघाटमा नजान भनेको छ । जानैपर्ने भए कम्तीमा २ मिटरको दूरी कायम गर्न, मास्क लगाउन साबुनपानीले हात धुन वा स्यानिटाइजर अनिवार्यरूपमा प्रयोग गर्न भनेको छ ।

खोक्दा र हाछ्युँ गर्दा रुमाल वा टिस्यु पेपर प्रयोग गर्न भनिएको छ । जथाभावी नथुक्न, सकेसम्म विद्युतीय माध्यमबाट आर्थिक कारोबार गर्न भनिएको छ ।

धार्मिक स्थलमा बढीमा २५ जनामात्रै भेला हुने व्यवस्था गर्न पनि भनिएको छ ।

मधुमेह, क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मिर्गौला र कलेजोसम्बन्धी समस्या भएका तथा दल लगायत श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग भएका व्यक्तिहरूलाई घरबाहिर हुने भेलाहरूमा नजान भनिएको छ ।

धार्मिक कार्यक्रम तथा भेलामा भीडभाड व्यवस्थापनका लागि पर्याप्त जनस्वास्थ्यका सुरक्षासहित तालिम प्राप्त कर्मचारी वा स्वयंसेवकहरू व्यवस्था गर्न भनिएको छ । यसैगरी, कार्यक्रमस्थलको सरसफाइ र हरेक दिन कम्तीमा दुई पटक डिस्इन्फेक्ट गर्न पनि भनिएको छ ।

टीका र प्रसाद ग्रहणमा पनि सजग गराइएको छ । सकेसम्म प्रसाद तथा टीका वितरण नगर्ने, गर्नै परेमा स्वस्थ्य व्यक्तिले पञ्जा लगाएर प्याक गर्ने व्यवस्था मिलाउन र प्रसाद वा अन्य फलफूलहरू निश्चित व्यक्तिहरूले घरमै गएर बाँड्न मिल्ने व्यवस्था मिलाउन भनिएको छ ।
कार्यक्रमस्थलमा धुमपान, मद्यपान र सुर्तीजन्य पदार्थहरूको सेवन पूर्णरूपले निषेध गर्न भनिएको छ ।

हेर्नुहोस् मापदण्ड

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  २ : २९ बजे

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन