आइतबारदेखि काठमाडौं जिल्ला प्रशासनबाट अत्यावश्यक सेवामात्र | Khabarhub Khabarhub

आइतबारदेखि काठमाडौं जिल्ला प्रशासनबाट अत्यावश्यक सेवामात्र

स्थगित गरिएका काम कुन कुन ? (सूचीसहित)


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला प्रशासनले आइतबारदेखि लागू हुने गरी १५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यवाश्यक सेवाबाहेकका काम बन्द गर्ने निर्णय गरेको हो ।

प्रशासनले एक विज्ञप्ति जारी गर्दै नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता/नवीकरण, संस्था दर्ता/पत्रपत्रिका दर्तासाथै नवीकरण सम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचय पत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएको जनाएको छ।

यसैगरी शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्धा सम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास सम्बन्धी कार्य र विपद् व्यवस्थापन सम्बन्धी कार्य भने कायमै रहने प्रशासनले जनाएको छ।

(यसअघि ‘अत्यावश्यकबाहेक सबै सेवा बन्द’ भन्ने सूचना प्रवाह भएकोमा भुल सुधार गरिएको छ ।)

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ३ : ०७ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको