भारतको केरलामा भीषण पहिरो : १५ को मृत्यु, ६० बेपत्ता « Khabarhub

भारतको केरलामा भीषण पहिरो : १५ को मृत्यु, ६० बेपत्ता


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको केरला इडुक्की जिल्लामा भीषण पहिरो गएको छ । सो पहिरोमा परी १५ जनाभन्दा बढीको मृत्यु भएको बिबिसीले जनाएको छ ।

पहिरोमा पुरिएर थप ६० जना बेपत्ता छन् । १५ जनाको मृत्यु पुष्टि भइसकेको छ भने ५० जनाको उद्धार गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनामा दुःख प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्रीले मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार दिने घोषणा गरेका छन् ।

पहिरोले पुरेर बेपत्ता भएकाहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको जनाइएको छ । कामदारको आवास भवनलाई पहिरोले क्षतीग्रस्त बताएको जनाइएको छ ।

बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि ५० सदस्यीय एउटा टोली खटिएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारका लागि राजमालामा राष्ट्रिय प्रकोप व्यवस्थापन फौजबाट पनि अर्को टोली खटिएको छ ।

अत्यधिक बर्षाका कारण भारतको केरला क्षेत्रका धेरै ठाउँ प्रभावित भएको छ । कतिपय ठाउँमा बाढी पहिरोले मानवीय क्षति नै गराएको छ भने कतिपय ठाउँमा लाखौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : ५५ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा