उपप्रधानमन्त्री पोखरेल र बंगलादेशी राजदूतबीच शिष्टाचार भेट « Khabarhub

उपप्रधानमन्त्री पोखरेल र बंगलादेशी राजदूतबीच शिष्टाचार भेट


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमााडौं– बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सलेले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गरेकी छिन् ।

सिंहदरबारस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटवार्तामा पाँच दशकदेखि नेपाल र बंगलादेशबीच रही आएको अत्यन्त घनिष्ठ र बहुआयमिक मैत्रीपूर्ण सम्बन्धका विषयमा केन्द्रित रहेर छलफल भएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीचको सम्बन्ध सरकार–सरकारबीचमा मात्र सीमित नभएर जनस्तरमा समेत प्रगाढ रहेको विचार व्यक्त गरेको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा सात वर्षको कार्यकाल पूरा गरी राजदूत साम्स केही समयपछि स्वदेश फर्कंदै छिन ।

विभिन्न प्रकारका प्राकृतिक विपत्तिबाट प्रभावित भइरहने नेपाल र बङ्गलादेश साझा समस्याबाट गुज्रिरहेको हुँदा सहकार्य गर्दै अघि बढ्न आवश्यक रहेको बताउँदै  उपप्रधानमन्त्री पोखरेलले २०७२ को भूकम्पपश्चात् पीडितलाई उपलब्ध गराइएको राहत र सहयोगका लागि राजदूत साम्सलाई धन्यवाद ज्ञापन गरे ।

नेपाल र बङ्गलादेशका सेनाबीच हुने संयुक्त अभ्यास, तालीम तथा प्रशिक्षणबाट सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुगेको बताउँदै रक्षामन्त्री पोखरेलले संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वमा शान्ति स्थापना गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्न पाउनु गौरवपूर्ण भएको उल्लेख गरे ।

सो अवसरमा राजदूत साम्सले दुवै देशबीच व्यापार, पर्यटन, जलस्रोत र लगानी प्रवद्र्धनलगायत कार्यमार्फत सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन सक्दो प्रयास गरेको धारणा विचार प्रकट गरिन् ।

दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई समयको गतिसँगै निरन्तरता दिन तथा आपसी हित र सहयोगका नयाँ क्षेत्र पहिल्याउँदै अघि बढ्नुपर्छ भन्दै उनले क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चमा दुई देशको साझा धारणा रहँदै आएको विचार व्यक्त गरिन् ।

 

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ९ : ०५ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित