उपप्रधानमन्त्री पोखरेल र बंगलादेशी राजदूतबीच शिष्टाचार भेट « Khabarhub

उपप्रधानमन्त्री पोखरेल र बंगलादेशी राजदूतबीच शिष्टाचार भेट


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमााडौं– बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सलेले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गरेकी छिन् ।

सिंहदरबारस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटवार्तामा पाँच दशकदेखि नेपाल र बंगलादेशबीच रही आएको अत्यन्त घनिष्ठ र बहुआयमिक मैत्रीपूर्ण सम्बन्धका विषयमा केन्द्रित रहेर छलफल भएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीचको सम्बन्ध सरकार–सरकारबीचमा मात्र सीमित नभएर जनस्तरमा समेत प्रगाढ रहेको विचार व्यक्त गरेको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा सात वर्षको कार्यकाल पूरा गरी राजदूत साम्स केही समयपछि स्वदेश फर्कंदै छिन ।

विभिन्न प्रकारका प्राकृतिक विपत्तिबाट प्रभावित भइरहने नेपाल र बङ्गलादेश साझा समस्याबाट गुज्रिरहेको हुँदा सहकार्य गर्दै अघि बढ्न आवश्यक रहेको बताउँदै  उपप्रधानमन्त्री पोखरेलले २०७२ को भूकम्पपश्चात् पीडितलाई उपलब्ध गराइएको राहत र सहयोगका लागि राजदूत साम्सलाई धन्यवाद ज्ञापन गरे ।

नेपाल र बङ्गलादेशका सेनाबीच हुने संयुक्त अभ्यास, तालीम तथा प्रशिक्षणबाट सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुगेको बताउँदै रक्षामन्त्री पोखरेलले संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वमा शान्ति स्थापना गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्न पाउनु गौरवपूर्ण भएको उल्लेख गरे ।

सो अवसरमा राजदूत साम्सले दुवै देशबीच व्यापार, पर्यटन, जलस्रोत र लगानी प्रवद्र्धनलगायत कार्यमार्फत सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन सक्दो प्रयास गरेको धारणा विचार प्रकट गरिन् ।

दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई समयको गतिसँगै निरन्तरता दिन तथा आपसी हित र सहयोगका नयाँ क्षेत्र पहिल्याउँदै अघि बढ्नुपर्छ भन्दै उनले क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चमा दुई देशको साझा धारणा रहँदै आएको विचार व्यक्त गरिन् ।

 

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ९ : ०५ बजे

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।