कम्पनीको खरिद बिक्री खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्म थप « Khabarhub

कम्पनीको खरिद बिक्री खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्म थप


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आन्तरिक राजस्व विभागले व्यावसायिक फर्म तथा कम्पनीको खरिद बिक्री खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्म थप गरेको छ ।

कोरोना भाइरसको महामारीको समयमा खाता प्रमाणीकरणका लागि राजश्व कार्यालयहरुमा भिड बढेर संक्रणको जोखिम भएपछि विभागले प्रमाणीकरणको म्याद पुस मसान्तसम्म थप गरेको हो ।

यसअघि खाता प्रमाणिकरणको म्याद साउन मसान्तसम्म मात्रै थियो । व्यवसायीहरुले भदौ र असोजसम्मको म्याद माग गरे पनि विभागले पुससम्म म्याद थप गरेको विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले बताए।

मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १६९३० बमोजिम प्रत्येक वर्ष कर अधिकृतबाट खरिद तथा बिक्री खाता प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान छ।

यसअघि विभागले २०६० भदौ ३० को निर्णयानुसार मासिक कर विवरण पेश गर्ने करदातालाई श्रावण महिनाभित्र तथा चौमासिक कर विवरण पेश गर्ने करदातालाई कार्तिक महिनाभित्र खाता प्रमाणित गराउनुपर्ने गरी परिपत्र गरेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ९ : ३९ बजे

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई