बाँकेका कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु « Khabarhub

बाँकेका कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु


२२ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज- बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।

भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि उनको कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो ।

१५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई बाँकेस्थित इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा राखिएकोमा १८ गते मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।

तीन वर्षदेखि मुटुरोगको समस्यासमेत रहेका उनको कोहलपुरमा उपचारका क्रममा आइतबार राति साढे ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या सात पुगेको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ७ : ०४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६