कोरोना ‘भ्याक्सिन’२०२१ को मध्यसम्ममा पनि आउने सम्भावना न्यून : डब्ल्यूएचओ « Khabarhub

कोरोना ‘भ्याक्सिन’२०२१ को मध्यसम्ममा पनि आउने सम्भावना न्यून : डब्ल्यूएचओ


२२ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सन् २०२१ को मध्यसम्ममा वृहत स्तरमा कोरोना भाइरसविरुद्धको कुनै खोप नआउने जनाएको छ ।

अहिलेसम्म कुनै पनि भ्याक्सिन कोरोना विरुद्धको प्रभावशाली नठहरिएकोले अर्को वर्षको मध्यसम्म केहि भन्न नसकिने डब्ल्यूएचओले बताएको हो ।

डब्ल्यूएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले कोरोना भ्याक्सीनको प्रभाव र सुरक्षालाई हेरेर मात्र प्रयोग गरिने बताएकी छन् । अहिले विभिन्न कम्पनीका भ्याक्सिनहरु परीक्षणको अन्तिम चरणको ट्रायलमा छ ।

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भएको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको महामारी विश्वव्यापी फैलिएको छ ।

वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

रुस र चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएको बताएका छन । तर उनीहरुको भ्याक्सिनको ट्रायल अन्तिम चरणको बाँकी नै रहेकोले डब्ल्यूएचओले यसलाई मान्यता दिएको छैन ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ८ : २७ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६