शंकास्पद कुकुर वा पशुले टोके रेबिज हुनसक्छ, यस्ता छन् लक्षण र बच्ने उपाय « Khabarhub

शंकास्पद कुकुर वा पशुले टोके रेबिज हुनसक्छ, यस्ता छन् लक्षण र बच्ने उपाय


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रेबिज पशुबाट मानिसमा सर्ने रोग हो । यो प्राय जंगली जनावर स्याल, ब्वाँसो, फ्याउरा र घरपालुवा पशु कुकुरको टोकाईबाट सर्ने गर्दछ । तथापी यो रोग संक्रमितको र्यालबाट समेत सर्न सक्छ ।

रेबिज लिसा नामको स्नायु नसामा प्रभाव पार्ने आर एन ए भाइरसका कारणले हुने रोग हो । यो रोग रेबिज संक्रमित जनावरको र्यालबाट घाउको बाटो हुँदै शरीरभित्र छिरेर स्नायु नशाको माध्यमले मस्तिष्कसम्म पुग्ने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा करिब ६० हजार मानिसको मृत्यु रेबिजका कारण हुने गरेको छ ।

रेबिज सरेपछि देखिने लक्षण
१. पानीदेखि डर लाग्ने
२. पशुले टोकेको वा घाउ भएको स्थान दुख्ने
३. ज्वरो आउने
४. शरीर निदाउने, घोचे वा पोले झै हुने
५. भाइरस टाउकोसम्म पुगेको भए मस्तिष्क र स्नायुहरु सुन्निने
६. व्यक्तिको क्रियाकलाप र व्यवहारमा परिर्वतन आउने
७. हावासँग डराउने
८. खान असहज हुने ।
९. हात खुट्टा राम्रोसँग नचल्ने

बच्ने उपाय
– शंकास्पद पशुले टोके १५ मिनेटसम्म साबुन पानीले मज्जाले घाउ धुने
– ढिलो नगरी नजिकको स्वास्थ्य चौकि जाने
– सडकका कुकुरबाट टाढा रहने, नजिस्क्याउने
– घरपालुवा जनावरको ब्यवहारमा परीवर्तन आए सचेत रहने
– घरका पशुलाई रेबिज विरुद्धको खोप लगाउने
– टोकेको १० दिनमा कुकुर मरे रेबिज हुने भएकाले तुरुन्त चिकित्सकको परामर्श लिने ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ११ : ०१ बजे

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।