शरीरका सम्पूर्ण अंगलाई उपयोगी फल बेल « Khabarhub

शरीरका सम्पूर्ण अंगलाई उपयोगी फल बेल


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुनत अहिले बेलको सिजन होइन । यो प्राय चैत/बैशाखमा पाउने गरिन्छ । तर कतिपय स्थानमा अन्य समयमा पनि बेमौसमी वा स्टोर गरेको बेल पाउने गरीन्छ ।

बेल यस्तो फल हो, जसले शरीरका सम्पूर्ण अंगलाई फाइदा पुर्याउँछ । अझ चैत बैशाखको गर्मीमा त यसको फाइदा बढि प्राप्त गर्न सकिन्छ । बेलको सेवनले पेटसम्बन्धी रोग भएका मानिसलाई अत्यधिक लाभ पुर्याउँछ ।

बेलमा कार्बोहाइडेड, चिल्लो पदार्थ, प्रोटिन, भिटामिन, क्याल्सियम, पोटासियम, फाइबर र क्यालोरी पाइन्छ । यस अलावा बेलमा एन्टिफंगल, एन्टिप्यारासाइटिक गुण पाइन्छ । बेललाई बिहान खाली पेटमा पानीमा मिसाएर खान सकिन्छ । यस बाहेक अन्य समयमा समेत यसको सेवन लाभदायी हुन्छ ।

फाइदा
– शरीरको विकार रगतलाई शुद्धीकरण गर्न बेलको सेवन उत्तम मानिन्छ ।
– कानको समस्या भएकाहरुका लागि बेल गुणकारी फल हो ।
– पेटसम्बन्धी रोग, अल्सरको समस्या हुनेका लागि बेल अमृत समान मानिन्छ ।
– युरिक एसिडमा पनि बेलको सेवनले फाइदा पुर्याउँछ ।
– सुकाएको बेलको बोक्रा कुटेर बिहान–बेलुका काँडा बनाई खाएमा पेटको रोग ठीक हुन्छ ।
– अमिलो पानी आउने, चिया खानै नहुनेले बेलको काँडा खाए पित्तको रोग ठिक हुन्छ ।
– पायल्स रोगका लागि पनि बेल एक उत्तम औषधि मानिन्छ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १ : ४० बजे

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा

कर्णाली राजमार्गका चार रुग्ण ठेक्का तोडिए

जुम्ला – जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौं – सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन