शरीरका सम्पूर्ण अंगलाई उपयोगी फल बेल « Khabarhub

शरीरका सम्पूर्ण अंगलाई उपयोगी फल बेल


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुनत अहिले बेलको सिजन होइन । यो प्राय चैत/बैशाखमा पाउने गरिन्छ । तर कतिपय स्थानमा अन्य समयमा पनि बेमौसमी वा स्टोर गरेको बेल पाउने गरीन्छ ।

बेल यस्तो फल हो, जसले शरीरका सम्पूर्ण अंगलाई फाइदा पुर्याउँछ । अझ चैत बैशाखको गर्मीमा त यसको फाइदा बढि प्राप्त गर्न सकिन्छ । बेलको सेवनले पेटसम्बन्धी रोग भएका मानिसलाई अत्यधिक लाभ पुर्याउँछ ।

बेलमा कार्बोहाइडेड, चिल्लो पदार्थ, प्रोटिन, भिटामिन, क्याल्सियम, पोटासियम, फाइबर र क्यालोरी पाइन्छ । यस अलावा बेलमा एन्टिफंगल, एन्टिप्यारासाइटिक गुण पाइन्छ । बेललाई बिहान खाली पेटमा पानीमा मिसाएर खान सकिन्छ । यस बाहेक अन्य समयमा समेत यसको सेवन लाभदायी हुन्छ ।

फाइदा
– शरीरको विकार रगतलाई शुद्धीकरण गर्न बेलको सेवन उत्तम मानिन्छ ।
– कानको समस्या भएकाहरुका लागि बेल गुणकारी फल हो ।
– पेटसम्बन्धी रोग, अल्सरको समस्या हुनेका लागि बेल अमृत समान मानिन्छ ।
– युरिक एसिडमा पनि बेलको सेवनले फाइदा पुर्याउँछ ।
– सुकाएको बेलको बोक्रा कुटेर बिहान–बेलुका काँडा बनाई खाएमा पेटको रोग ठीक हुन्छ ।
– अमिलो पानी आउने, चिया खानै नहुनेले बेलको काँडा खाए पित्तको रोग ठिक हुन्छ ।
– पायल्स रोगका लागि पनि बेल एक उत्तम औषधि मानिन्छ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १ : ४० बजे

सीजी मेरिडियाको फोरके एआई गुगल टिभी सार्वजनिक

काठमाडौं–  सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ब्रान्डले सीजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत एआई-सक्षम फोरके

दाङमा १४ हजारभन्दा बढी मतदाता थपिए

दाङ– दाङमा १४ हजार बढी मतदाता थपिएका छन् । निर्वाचन

काठमाडौंका करणको आक्रामक ब्याटिङले लुम्बिनीले पायो १५८ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

इजरायलद्वारा वेस्ट ब्यांककबाट ५० जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले मंगलबार वेस्ट ब्यांककमा व्यापक

दबाबमा काठमाडौंको ब्याटिङ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको