धेरै मोटाउनु भयो ? आजैबाट थाल्नुहोस यी काम « Khabarhub

धेरै मोटाउनु भयो ? आजैबाट थाल्नुहोस यी काम


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

स्लिम शरीर कसलाई मन नर्पला र ? तर आजकल गलत खानपान र गलत जीवनशैलीका कारण मानिसहरुमा मोटोपना बढ्दै गएको छ । मोटोपनाले शारीरिक असजिलोपना निम्त्याउँछ ।

मधुमेह, उच्च रक्तचाप, मुटुसँग सम्बन्धित थुप्रै रोगहरुको मोटोपनकै कारण लाग्ने गर्दछ । त्यसैले मोटोपन कम गर्न जीवनशैलीमा सुधार ल्याउनु पर्छ । समयमा खाना खाने, ब्यायाम गर्ने, डाइटिङ बाहेक मोटोपन घटनाउन निम्न उपाय अपनाउनु पर्दछ ।

१. फाइबरयुक्त भोजन
फाइबरले शरीरमा उर्जा प्रदान गर्नुका साथै इन्सुलिनको स्तर कम गर्दछ । त्यसैले खानामा उच्च फाइबरयुक्त चिज सामेल गर्न आवश्यक हुन्छ ।

२. प्रोटिन र सागसब्जी
शरीरको विकासका निम्ती प्रोटिन आवश्यक हुन्छ । साथै सागसब्जीले शरीरमा अत्यधिक बोसो जम्मा हुन दिदैन । त्यसैले प्रोटिन र सागसब्जी मोटोपना घटाउन आवश्यक हुन्छ ।

३. न्युन कार्बाेहाइड्रेट
शरीरलाई शक्ति दिने प्रमुख श्रोत हो, कार्बाेहाइड्रेट । तर यो थुप्रै घातक रोगको कारण बन्न सक्छ । कम कार्बाेहाइड्रेट रहेको खानाले मोटोपन घटाउन महत्वपूर्ण भूमिका खेल्छ ।

४. डाइट चार्ट
आफुलाई स्वास्थ्य राख्नु छ भने र मोटोपनबाट छुटकारा पाउनु छ भने डाइट चार्ट बनाई त्यसको पालना गर्नुहोस् । चार्ट अनुसार खाने, सुत्ने र ब्यायाम गर्ने समय मिलाउनुहोस् ।

५. प्रसस्त पानी पिउने
मोटोपनाबाट मुक्त हुन प्रसस्त मात्रामा पानी पिउनु पर्दछ । दैनिक तीन लिटरसम्म पानी पिएमा मोटोपना कम हुन्छ । साथै उच्च क्यालोरीयुक्त पेयको सेवन कम गर्नुपर्छ ।

६. नियमित ब्यायाम
मोटोपना कम गर्न नियमित ब्यायाम गर्ने, हरेक दिन दोडिने गरेमा मोटोपन कम गर्न सकिन्छ । यस अलावा पैदल हिड्ने, लिफ्ट चढ्ने बानिको समेत विकास गर्नु पर्दछ ।

७. पर्याप्त निन्द्रा
मानिसको शरीरमा मोटाउनुमो अनिन्द्रा पनि कारण बन्ने गर्दछ । त्यसैले शरीरमा बोसो कम गर्न हरेक दिन ८ घण्टा गहिरो निन्द्रा आवश्यक हुन्छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १२ : ४५ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन