धेरै मोटाउनु भयो ? आजैबाट थाल्नुहोस यी काम « Khabarhub

धेरै मोटाउनु भयो ? आजैबाट थाल्नुहोस यी काम


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

स्लिम शरीर कसलाई मन नर्पला र ? तर आजकल गलत खानपान र गलत जीवनशैलीका कारण मानिसहरुमा मोटोपना बढ्दै गएको छ । मोटोपनाले शारीरिक असजिलोपना निम्त्याउँछ ।

मधुमेह, उच्च रक्तचाप, मुटुसँग सम्बन्धित थुप्रै रोगहरुको मोटोपनकै कारण लाग्ने गर्दछ । त्यसैले मोटोपन कम गर्न जीवनशैलीमा सुधार ल्याउनु पर्छ । समयमा खाना खाने, ब्यायाम गर्ने, डाइटिङ बाहेक मोटोपन घटनाउन निम्न उपाय अपनाउनु पर्दछ ।

१. फाइबरयुक्त भोजन
फाइबरले शरीरमा उर्जा प्रदान गर्नुका साथै इन्सुलिनको स्तर कम गर्दछ । त्यसैले खानामा उच्च फाइबरयुक्त चिज सामेल गर्न आवश्यक हुन्छ ।

२. प्रोटिन र सागसब्जी
शरीरको विकासका निम्ती प्रोटिन आवश्यक हुन्छ । साथै सागसब्जीले शरीरमा अत्यधिक बोसो जम्मा हुन दिदैन । त्यसैले प्रोटिन र सागसब्जी मोटोपना घटाउन आवश्यक हुन्छ ।

३. न्युन कार्बाेहाइड्रेट
शरीरलाई शक्ति दिने प्रमुख श्रोत हो, कार्बाेहाइड्रेट । तर यो थुप्रै घातक रोगको कारण बन्न सक्छ । कम कार्बाेहाइड्रेट रहेको खानाले मोटोपन घटाउन महत्वपूर्ण भूमिका खेल्छ ।

४. डाइट चार्ट
आफुलाई स्वास्थ्य राख्नु छ भने र मोटोपनबाट छुटकारा पाउनु छ भने डाइट चार्ट बनाई त्यसको पालना गर्नुहोस् । चार्ट अनुसार खाने, सुत्ने र ब्यायाम गर्ने समय मिलाउनुहोस् ।

५. प्रसस्त पानी पिउने
मोटोपनाबाट मुक्त हुन प्रसस्त मात्रामा पानी पिउनु पर्दछ । दैनिक तीन लिटरसम्म पानी पिएमा मोटोपना कम हुन्छ । साथै उच्च क्यालोरीयुक्त पेयको सेवन कम गर्नुपर्छ ।

६. नियमित ब्यायाम
मोटोपना कम गर्न नियमित ब्यायाम गर्ने, हरेक दिन दोडिने गरेमा मोटोपन कम गर्न सकिन्छ । यस अलावा पैदल हिड्ने, लिफ्ट चढ्ने बानिको समेत विकास गर्नु पर्दछ ।

७. पर्याप्त निन्द्रा
मानिसको शरीरमा मोटाउनुमो अनिन्द्रा पनि कारण बन्ने गर्दछ । त्यसैले शरीरमा बोसो कम गर्न हरेक दिन ८ घण्टा गहिरो निन्द्रा आवश्यक हुन्छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १२ : ४५ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष