सबै तह र विषयका परीक्षा सञ्चलन गर्न दिने सरकारको निर्णय « Khabarhub

सबै तह र विषयका परीक्षा सञ्चलन गर्न दिने सरकारको निर्णय


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सबै तह र विषयका परीक्षा सञ्चालन गर्न शिक्षण संस्थाहरूलाई अनुमति दिएको छ।

सरकारका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्दै सरकारले सुरक्षासम्बन्धि मापदण्ड पूर्णरूपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिएको जानकारी दिए।

लोकसेवा आयोग, विश्व विद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद, विद्यालय तथा शिक्षण संस्थाहरूलाई सबै तह र विषयका परीक्षा सञ्चलन गर्न सैद्धान्तिक अनुमित प्रदान गरिएको उनले बताए।

यस्तै व्यावसायिक तालिम प्रदायक संस्थाहरूलाई पनि छोटा अवधिको तालिम सञ्चालन गर्न अनुमति दिएको छ। तालिममा २५ जनाभन्दा बढी सहभागि नहुने गरी स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने छ। त्यस्ता तालिम छोटो अवधिका लागि हुनुपर्ने पनि सरकारले भनेको छ ।

सरकारले शिक्षक सेवा आयोगमा रिक्त रहेका अध्यक्ष र एक महिलासहित दुईजना सदस्य पदमा नियुक्तिको सिफारिस गर्नका लागि लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा सिफारिस समिति पनि गठन गरेको छ ।

उक्त सिफारिस समितिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

साथै राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्तीसम्बन्धि प्रक्रियालाई सुचारु गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । उक्त प्रक्रिया बैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थगन गरेको थियो ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै लकडाउन जारी गरिएपछि एसईई, कक्षा ११ र १२ का परीक्षा रोकिएका थिए ।

एसईईको परीक्षा आन्तरिक मूल्यांकनमार्फत गरेर नतिजा प्रकाशन भए पनि अन्य परीक्षा भने हुन सकेका थिएनन् । कर्मचारी भर्नाका र विभिन्न विश्वविद्यालयका परीक्षा पनि स्थगित गरिएका थिए । मन्त्रिपरिषद्को यो निर्णयले अब ती परीक्षा सञ्चा‍लन हुने भएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  २ : ०५ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित