नरैनापुर गाउँपालिकाद्वारा विकास योजना माग « Khabarhub

नरैनापुर गाउँपालिकाद्वारा विकास योजना माग


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेको नरैनापुर गाउँपालिकाले प्रदेश योजना आयोगसँग विकासका योजना माग गरेको छ ।

सुगम जिल्लाभित्र रहेर पनि विगतदेखि दुर्गमको परिचय बोकेको सो गाउँपालिकाको बृहत्तर विकासका लागि लुम्बिनी प्रदेशको योजना आयोगसँग विकासका योजना माग गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

नरैनापुर क्षेत्रबाटै प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य कृष्णा केसीसँगै गाउँपालिकाका अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही र जिन्सी शाखा प्रमुख भरत महतो प्रदेशको अस्थायी राजधानी बुटवल पुगेर प्रदेश योजना आयोगका उपाध्यक्ष डा.ईश्वर गौतमसमक्ष सो माग गरेका हुन् ।

“नरैनापुरमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनको विकास र प्रवद्र्धनका लागि गाउँपालिकाको बजेटले नभ्याउने भएकाले विकासको मागमा संघीय र प्रदेश सरकारलाई हामीले निरन्तर ताकेता गरिरहेका छौं”, अध्यक्ष शाहले भने ।

उनका अनुसार प्रदेश योजना आयोग समक्ष राप्ती नदीमा नरैनापुरको पिप्रहवादेखि डुडुवा जोड्ने मोटर गुड्ने पुल निर्माणका लागि बजेट माग गरिएको छ ।

यसले बाँकेको सदरमुकाम नेपालगञ्ज पुग्न १८ किलोमिटर दूरी कम हुनेछ । त्यस्तै मटेहियादेखि सोनवर्षासम्मको ६ किलोमिटर बाटो कालोपत्रे, गंगापुरदेखि जमुनी हुँदै हुलाकी सडक जोड्ने पक्की सडक, सोनवर्षादेखि कोहला हुँदै हुलाकी रोड जोड्ने पक्की सडक, नरैनापुरदेखि अगैया जोड्ने सडक, हुलाकी सडकदेखि बानियाँगाउँ नेपाल भारत सीमासम्म जोड्ने कालोपत्रे सडक, हुलाकी रोडदेखि कोटिया नेपाल भारत सीमासम्म जोड्ने कालोपत्रे सडक र हुलाकी सडकदेखि हुलासपुर्वासम्म जोड्ने कालोपत्र सडकका लागि योजना माग गरिएको छ ।

त्यसैगरी, गाउँपालिकाको वडा नम्बर ४ मा औद्योगिक ग्राम र गोबद्र्धन धामको निर्माण, वडा नम्बर ३ स्थित बाबा बर्फानी, वडा नम्बर २ को सुन्दरमुन्दरको धार्मिक पर्यटकीय विकासका लागि पनि प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएको जनाइएको छ ।

प्रदेश योजना आयोगमा बाँकेकै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु लगायतको टोली पनि विकासका योजना माग गर्न गएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ६ : २५ बजे

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर