दोहोरो अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

दोहोरो अंकले बढ्यो नेप्से


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ हासिल गरेको छ ।

नेप्से आज दोहोरो अङ्कले वृद्धि भई एक हजार ६०० को बिन्दुमा पुगेको हो । लामो समयपछि नेप्सेले उक्त बिन्दु तय गरेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १४.६८ बिन्दुको वृद्धि भई एक हजार ६००.९७ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक समेत ३.१७ बिन्दुले बढेर ३१६.३९ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड २६ लाख ९९ हजार ५३५ कित्ता शेयर रु तीन अर्ब ३५ करोड ८५ लाख ६ हजार २९६ बराबरको खरिद बिक्री भए । बजार पूँजीकरणका आधारमा आज नेपालको शेयर बजार रु २१ खर्ब ३३ अर्ब बराबरको भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर भने उकालो लागेको छ । उत्पादन १.०३ र लघुवित्त ०.२ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ५.५३, व्यापार ६.९, होटल ५२.६७, विकास बैंक ७७.९८, जलविद्युत् ७५.९३, वित्त २३.१४, निर्जीवन बीमा ७६.०८, अन्य ४.७, जीवन बीमा १७.६६ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा आज अरुण काबेली कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड २९ लाख २३ हजार ६०६ बराबरको कारोवार भएको छ । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु १३ करोड ५१ लाख दुई हजार ५१२, सानिमा माई हाई हाइड्रोपावर रु ११ करोड १० लाख ८३ हजार ४६९, हिमाल दोलखा हाइड्रोपावर रु १० करोड ८८ लाख ८५ हजार २१३, एचआइडिसिएल रु १० करोड ६५ लाख ४५ हजार १८४, शिवम् सिमेन्ट रु नौ करोड ९६ लाख २९ हजार ६९५, माथिल्लो तामाकोशी रु नौ करोड २७ लाख ८६ हजार १९८ र अपि पावर रु आठ करोड तीन लाख दुई हजार २४२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा नेशनल हाइड्रोपावर, साञ्जेन जलविद्युत् कम्पनी, बरुण हाइड्रोपावर र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले समान रुपमा १०/१० प्रतिशतले कमाए । ती कम्पनीको कारोबारमा आज सकारात्मक सर्किट लागेको छ । यस्तै दिव्यश्वरी हाइड्रोपावर ९.९२, आँखुखोला जलविद्युत् कम्पनी ९.९२, समृद्धि फाइनान्स ९.९२ र तिनाउ मिशन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९० प्रतिशतले कमाए । त्यस्तै, लक्ष्मी इक्विटी फण्ड ३.११, महिला सहयात्रा माइक्रोफाइनान्स २.२९, गुराँस लघुवित्त वित्तीय संस्था २.२०, सबैको लघुवित्त २, एनआइसि एशिया ऋणपत्र १.९३ र लक्ष्मी उन्नती कोषका लगानीकर्ताले १.६७ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ६ : ४५ बजे

लगानीको सम्भावना खोज्दै फिनल्यान्डको टोली नेपालमा

काठमाडौं– नेपालमा लगानी प्रवर्द्धन तथा लगानी साझेदारीका लागि ‘डुइङ बिजनेस

नेपालमा लगानी गर्न पोल्यान्डलाई चेम्बरको आग्रह

काठमाडौं– निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर

कांग्रेसको अडान- समिति नबनेसम्म अवरोध हुन्छ, सरकारको जवाफ- सहमति नभए विकल्पमा जान्छाैँ

काठमाडौं– नेपाली कांग्रेसले गृहमन्त्री रबि लामिछानेमाथि संसदीय छानबिन नबनेसम्म संसद् अवरोध

सगरमाथा आरोहणका क्रममा दुई जना सम्पर्कविहीन

काठमाडौं– सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन्

सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ