साउथह्याम्पटन प्रिमियर लिगको शीर्ष स्थानमा « Khabarhub

साउथह्याम्पटन प्रिमियर लिगको शीर्ष स्थानमा


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साउथह्याम्पटन इंग्लिसप्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

शुक्रबार राति भएको खेलमा न्युकासल युनाईटेडलाई २-० ले पराजित गर्दै साउथह्याम्पटन शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्स र स्टुवार्ट आम्स्ट्रोङले एक एक गोल गरे ।

खेलको सातौं मिनेटमा चेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ८२औं मिनेटमा स्टुवार्टले गोल गर्दै साउथह्याम्पटनलाई सहज जित दिलाए ।

जितसँगै साउथह्याम्पटनले ८ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो । साउथह्याम्पटन सन् १९८८ पछि पहिलो पटक लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

न्युकासल ८ खेलमा ११ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : ११ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत