बाँकेमा एकैदिन चार संक्रमितको मृत्यु « Khabarhub

बाँकेमा एकैदिन चार संक्रमितको मृत्यु


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृतक दाङका दुई तथा कैलाली र बाँकेका एक जना छन् ।

श्वास प्रश्वास समस्या भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बाँकेको राप्तीसोनारी-८ का ४८ वर्षीय पुरुषको शुक्रवार साँझ ५:२० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै  कैलालीको टीकापुर नगरपालिका वडा-१ की ५६ वर्षकी महिलाको शिक्षण अस्पताल कोहलपुरमै दिउँसो २:४५ बजे मृत्यु भएको श्रेष्ठले बताए ।

यस्तै तुल्सीपुर उपमहानगरपालिका-१० दाङकी २० वर्षकी महिलाको दिउँसो ३:२० बजे र तुल्सीपुर उपमहानगरपालिका- ५ दाङका ७६ वर्षका पुरुषको साँझ ६:४० बजे कोहलपुरमै उपचारकै क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : ५५ बजे

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले