बाइडेनले ट्रम्पलाई भने- हामी प्रतिस्पर्धी हौँ, शत्रु हैनौँ « Khabarhub

बाइडेनले ट्रम्पलाई भने- हामी प्रतिस्पर्धी हौँ, शत्रु हैनौँ


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति चुनावको जितउन्मुख रहेका डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले आफ्नो गृह राज्य डेलावेरबाट सम्बोधन गरेका छन्।

सम्बोधन गर्दै उनले चुनाव जित्नेमा विश्वस्त रहेको बताए । ‘हामी अगाडि छौँ, जित्नेछौँ, बाइडेनले भने, ‘२४ वर्षपछि एरिजोना जित्दैछौँ । २८ वर्षमा जर्जिया जित्दैछौँ। पेन्सिलभेनिया जस्तो महत्त्वपूर्ण राज्य जित्दैछौँ। रेकर्ड नम्बरले परिवर्तन रोजेका छन् ।’

उनले देशलाई एकीकृत गराउनका लागि सबै मिलेर काम गर्नु पर्ने बेला आएको पनि उल्लेख गरे ।

गृह राज्य डेलवरको विलमिङ्गटनमा नेपाली समय अनुसार शनिबार बिहान सम्बोधन गर्दै पूर्वउपराष्ट्रपतिसमेत रहेका बाइडेनले जनताको आवाज सुनिनु पर्ने बताए।

उनले भने, ‘हामी यो दौड जित्दै छौँ । तर जनताको हरेक आवाज सुनिनु पर्छ र सुनिने छ ।’

उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसका साथमा उपस्थित भएका बाइडेनले तनाव र विभाजन उच्च रहेको बताउँदै अहिलेको आवश्यकता सबै एकीकृत भएर देशका रुपमा आउनु पर्ने बेला रहेको बताए ।

उनले भने, ‘भिन्न विचारहरु छन् । तर त्यसलाई सम्बोधन गर्दै हामी देशका रुपमा आउनु पर्ने छ । हामी त्यसका लागि तयार छौँ ।’

उनले आफू सत्तामा आएपछि आफूलाई मत दिनेको मात्रै विपक्षमा मत दिनेहरुको पनि अर्थात सम्पूर्ण अमेरिकीको राष्ट्रपति बन्ने बताए ।

उनले मतभेदहरु थाँती राखेर देशका लागि एक हुनुपर्नेमा जोड दिदै भने भने, ‘हामी प्रतिस्पर्धी हुन सक्छौँ, तर शत्रु होइनौँ ।’

देशमा कोरोना भाइरसको महामारी नियन्त्रणमा लिनु पर्ने, गिरेको अर्थतन्त्र उकास्नु पर्ने, संस्थागत रुपमा रहेको रंगभेद हटाउनु पर्ने लगायतका काम मिलेर गर्न जरूरी रहेको उनले बताए ।

हाल मतगणना भइरहेका पाँच राज्यहरूमध्ये बाइडेन ३ मा ट्रम्पले  दुई राज्यमा अग्रता कायम राखेका छन् ।

फक्स न्यूजका अनुसार जितका लागि चाहिने २७० इलेक्टोरल भोटमध्ये बाइडेनले अहिलेसम्म २६४ मत ल्याएका छन् भने ट्रम्पले २१४ भोट ल्याएका छन् ।

 

 

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १० : ३२ बजे

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी