बहुमत सचिवालय सदस्यहरुले ओलीलाई बुझाए २ पृष्ठ लामो पत्र « Khabarhub

बहुमत सचिवालय सदस्यहरुले ओलीलाई बुझाए २ पृष्ठ लामो पत्र

तत्काल बैठक बोलाउन माग


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्दै लिखित पत्र बुझाएका छन् ।

दुई पृष्ठ लामो लिखित पत्रमा सकेसम्म चाँडो पार्टी कमिटीका बैठक बोलाउन माग गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । थापाका अनुसार प्रचण्ड नेतृत्वको टोलीले दुई पृष्ठ लामो पत्र बुझाएर बैठकको माग गरेको छ ।

प्रधानमन्त्री ओलीले सल्लाह गरेर बैठक बोलाउने बताएको पनि थापाले जानकारी दिए । ओलीको भनाई उदृत गर्दै थापाले भने, ‘प्रधानमन्त्री ज्यूले सल्लाह गरेर बैठक बोलाउने भन्नु भएको छ । पार्टीका सबै कमिटीहरुको बैठक बस्नुपर्छ । बैठककै लागि कमिटी बनाइएको हो । कुन बेला बस्ने भन्ने सल्लाह गरेर बैठक बोलाउने छु ।’

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्डसहित शीर्ष नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए ।

केन्द्रीय सचिवालय बैठक बोलाउन आग्रह गर्दै शीर्ष नेताहरू बालुवाटारमा भेला भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बालुवाटार पुग्नअघि आज पनि प्रचण्डसहितका नेताहरुले पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेका थिए ।
यसअघि हिजो धुम्बाराहीमा अनौपचारिक बैठकले सचिवालय बैठक बोलाउन ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै माधव नेपाल र दाहाल पक्ष ओलीसँग असन्तुष्ट छ । पछिल्ला घटनाक्रमपछि नेकपाका केही नेताहरूले प्रधानमन्त्री ओलीको सार्वजनिक रूपमा आलोचना गर्दै आएको छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको प्रचण्ड–नेपाल पक्षको आरोप छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १ : ३१ बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान